• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सन्तुलित विकासका लागि संसदीय समितिमा छलफल


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • काठमाडौँँ । मुलुकको सन्तुलित विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्न संसदीय समितिमा छलफल भएको छ ।

    Advertisement

    दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित ‘सुशासन प्रवरद्धन र सन्तुलित विकासमा सङ्घीय सांसद र सरोकारवालासँग अन्तरक्रिया’मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबैले अधिकारका विषय उठाउने तर आफ्नो कर्तव्य बिर्संदा सन्तुलित विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले समृद्ध नेपालको लक्ष्य पूरा गर्न सुशासन प्रवद्र्धन गर्न सबै निकाय जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्ति, सांसदलगायत सम्बन्धित निकायले आ–आफ्नो जिम्मेवारी बहन गरेमा सुशासन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

    “विधि र प्रक्रियाको पूर्ण पालना गर्दै इमान्दारीका साथ सबै पक्ष एकताबद्ध भएर काम गरौँ जनतामा सुशासनको प्रत्याभूति दिलाउनेतर्फ आफूलाई केन्द्रित गरौँ”, सभापति तिमिल्सिनाले भन्नुभयो ।

    समितिका सभापति प्रकाश पन्थले सुशासनको प्रत्याभूति र सामाजिक न्यायको अनुभूति भएमात्र विसकासले गति लिने विचार व्यक्त गर्दै सबै राजनीतिक दल, जनप्रतिनिधिले आफ्नो कर्तव्य बिर्सन नहुने बताउनुभयो ।

    राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले भ्रष्टाचाररहित समाजको कल्पना कल्पनामा मात्र सीमित हुन नहुने, सुशासन कायम गर्न हरेक तहका व्यक्ति गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

    राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले सासंद, संस्थाबीच एकापसमा आरोपप्रत्यारोप गरेर सुशासन कायम गर्न नसकिने बताउँदै यस सम्बन्धमा गहनपूर्वक छलफल गर्न आवश्यक भएको बताउनुभयो ।

    प्रत्यायोजित व्यवस्थापन तथा आश्वासन समिति सभापति मायाप्रसाद शर्माले राज्यव्यवस्थामा आएको परिवर्तनअनुसार सबैको सोचमा पनि परिवर्तन अपरिहार्य भएकमा जोड दिनुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्य अनिता शाह ढुङ्गानाले सोह्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा सुशासन र सन्तुलित विकास विषयमा कार्यपत्र प्रस्तुत गर्दै १६औँ योजनामा सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य सोचलाई हासिल गर्न शासकीय सुधार तथा सुशासन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

    संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डले सुशासन कायम गर्न जनप्रतिनिधिहरुको अग्रसरता आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

    राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले सुशासन प्रवद्र्धनमा केन्द्रको भूमिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक निकायमा भ्रष्टाचार हुन नदिन प्रारम्भिक चरणबाट नै निगरानी, खबरदारी गरी सुशासन प्रवद्र्धन गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त सचिव गङ्गाप्रसाद पौडेलले आयोगको भूमिकामा स्पष्टता हुन जरुरी रहेको बताउँदै नियमनकारी निकायलाई सक्षम बनाउन आवश्यक भएको बताउनुभयो ।

    राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सुशासन भौतिक विकाससँग मात्र नभई मानवीय विकाससँग पनि जोडिएकाले पछाडि परेका वर्ग, समुदाय, क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य, जीविकोपार्जनलगायत विषय सम्बोधन भएमा मात्र सुशासन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

    राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले १६औँ पञ्चवर्षीय आवधिक योजनामा लक्षित वर्गलाई सम्बोधन गर्ने सामाजिक न्यायको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो ।

    थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सन्तुलित विकासको अवधारणामा स्पष्ट हुनुपर्ने बताउँदै मुलुकमा समृद्धि कायम गर्न सुशासन आवश्यक रहेको बताउनुभयो ।

    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगले सिफारिस गरेका सुझावको कार्यान्वयनमा सरकारले ध्यान पु्याउनुपर्नेमा जोड दिनुभयो ।

    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रतिनिधि पद्मिनी प्रधानङ्गले भ्रष्ट्चारविरुद्ध चेतना जगाउँदै सुशासन कायम गर्न सरकारलाई दबाब दिँदै आएको बताउनुभयो ।

    छलफलमा सहभागी सांसदले मुलुकमा सन्तुलित विकास गर्न भौगोलिक विविधतालाई मध्यनजर गर्नुपर्ने, राजनीतिक तथा प्रशासनिक काममा निष्पक्ष, सन्तुलित हुनुपर्ने, जनताका प्रतिनिधिका रुपमा उठाएका विषयको कार्यान्वयन गर्नुपर्नेलगायत विषय उठान गर्नुभएको थियो ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.