• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सोती घटनासम्बन्धी रुकुम अदालतको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको स्वागत


  •   बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुकुम सोती घटनाको सम्बन्धमा रुकुम जिल्ला अदालतको फैसलालाई स्वागत गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले फैसलाको स्वागत गरेको हो ।

    वक्तव्यमा भनिएको छ : “नेपालको जातीय छुवाछूत विरुद्धको आन्दोलनमा रुकुम जिल्ला अदालतका न्यायाधीशले देखाएको साहस सधैँ प्रशंसनीय तथा सम्झनायोग्य रहने छ ।”

    त्यस्तै, वक्तव्यमा जातीय छुवाछुतको विरुद्धमा देशव्यापी रूपमा चलेको आन्दोलनको सन्दर्भमा दोषीलाई कठघरामा ल्याउन सफल भएको धारणा पनि व्यक्त गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “रुकुम सोतीको जघन्य हत्याकाण्डका दोषीलाई रुकुम जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । त्यसका साथै नेपालको जातीय छुवाछूत विरुद्धको आन्दोलनमा रुकुम जिल्ला अदालतका न्यायाधीशले देखाएको साहस सधैँ प्रशंसनीय तथा सम्झनायोग्य रहने छ ।

    आजभन्दा साढे तीन वर्षअगाडि जाजरकोटका २१ वर्षीय नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न रुकुम सोती गएका बेला त्यहाँका कथित माथिल्लो जातकाले नवराजसहित उनका ६ जना साथीलाई जातीय छुवाछुतका निहुँमा क्रुरतापूर्वक हत्या गरी सेतीनदीमा फालिदिएका थिए । सोती हत्याकाण्डका विरुद्ध देशव्यापी रूपमा आन्दोलन चलेको थियो । जातीय छुवाछुत विरुद्धको त्यो आन्दोलनप्रति हाम्रो पार्टीले पनि ऐक्यबद्धता प्रकट गरेको थियो ।

    २०६३ सालमा पुनस्र्थापित संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि वा नेपालको संविधानमा जातीय छुवाछुत विरुद्धको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरे पनि दलितमाथि विभिन्न निहुँमा भेदभाव मात्र होइन, उनीहरूमाथि कैैयौँ हिंसात्मक घटना पनि हुने गरेका छन् । मन्दिरमा प्रवेश गरेका कारण वा माथिल्लो जातको केटीसँग प्रेम वा विवाह गरेका कारण वा सार्वजनिक स्थान धारा, होटल तथा दाहसंस्कार गर्ने घाट जस्ता कतिपय स्थान प्रयोग गरेका कारण कथित माथिल्लो जातका केही व्यक्तिबाट हत्या गर्ने, घरमा आगजनी गर्ने, सार्वजनिक बेइज्जती गर्ने जस्ता अमानवीय र जघन्य अपराध हुने गरेका छन् । सोतीको सामूहिक हत्याकाण्ड त्यसैको एउटा रूप, कडी र सिलसिला हो ।

    आज जुन मात्रमा वा अनुपातमा दलित तथा महिलामाथि हिंसात्मक घटना घट्ने गरेका छन्, त्यसको तुलनामा ती घटनाको विरोध वा प्रतिरोध कम हुने गरेको छ । सोती हत्याकाण्डका विरुद्ध सम्पूर्ण दलित सङ्घसंस्था तथा सङ्गठनले देखाएको एकताको परिणाम नै दोषीलाई सजायको कठघरामा ल्याउन सफलता प्राप्त भएको हो ।

    अन्त्यमा पुन: सोती हत्याकाण्डका दोषीले सजाय पाएकोमा प्रसन्नता प्रकट गर्दछौँ ।”

    बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.