गलकोट । कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
Advertisement
कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् ।
गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो ।