काठमाडौं । जनकपुरबाट शैक्षिक भ्रमणका लागि इलाम गएको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
Advertisement
शैक्षिक भ्रमण गरी फर्किने क्रममा कन्यामबाट झापातर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा सवार ३७ जनामध्ये ३६ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०/१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।