काठमाडौं । बर्दियाको मधुवनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
Advertisement
मधुवन नगरपालिका ५ शक्तिपुरकी २८ वर्षीया गायत्री डाँगीलाई चिरौटे सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको हो।
बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएकी गायत्रीको शव स्थानीयको सहयोगमा प्रहरीले खोजी गरेको थियो।
पोस्टमार्टमपछि उनको शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।