• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

राज्यको नीति नै गलत छ


  •   बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित
  • नेत्र आचार्य
    राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष

    Advertisement

    समाजिक, राजनीतिक र व्यवसायी क्षेत्रमा क्रियाशील नेत्र आचार्य चिनाइ राख्नुपर्ने नाम होइन । भैरहवामा लामो समयदेखि व्यवसाय गरेर आफ्नो नाम, व्यवसायिक प्रतिष्ठान र बैचाकिर रुपले परिचित आचार्य यस क्षेत्रका सफल तथा लोकप्रिय युवा व्यवसायी हुनुहुन्छ । प्रष्ट बोल्ने र हक्की स्वभावका आचार्यको निडरता नै उहांको पहिचान हो । उच्च शिक्षाका बाग्लुङबाट रुपन्देहीको बुटवलमा अध्ययन गर्न झर्नु भएका आचार्यले अध्ययनसंगै राजनीतिलाइ निरन्तरता दिंदै व्यवसायमा लाग्नु भएको थियो । अहिले भैरहवामा व्यवसाय गर्दै आउनुभएका नेत्र आचार्य राष्ट्रिय जनमोर्चा निकट राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष हुनुहुन्छ । आचार्यसंग विभिन्न समसामायिक विषयमा हाम्रा सहयोगी बुटवलस्थित पत्रकार श्यामलाल पोखरेलसंग गरिएको संक्षिप्त कुराकानी ।

    हजुरको जन्म कहिले र कहांभएको हो ?
    मेरो जन्म २०३१ कार्तिक ३ गते बाग्लुङ धुल्लु बाँस्कोट गाउँ बिकास समिति हालको बरेङ गाँउपालिका १मा भयको हो !

    औपचारिक शिक्षा कहांबाट लिनुभयो ? 
    मैले माध्यमिक तहसम्मको शिक्षा बाग्लुङ जिल्ला बाटनै लिएको हो र उच्च शिक्षा बुटवल बहुमुखी क्याम्पस रुपन्देहीबाट गरेको हो ।

    राजनीतिक क्षेत्रमा कहिले र कति वर्षको उमेरदेखि नजिक हुनुभयो ?
    म २४३ सालमा करिव १२ वर्षको उमेर हुंदा र्नै राजनीतिमा चसो राखेर अगाडी बढेको हु ।

    कहिलेदेखि व्यवसायमा लाग्नुभयो ?
    २०६१ सालदेखि नै ब्यबसायमा म सँलग्न छु । २०६१ सालदेखि सिद्धार्थ उद्योग बाणिज्य संघको साधारण सदस्य हुदै २०६४ सालदेखि उक्त संघको कार्यसमिति सदस्य हुँदै हाल महासचिवको कार्यभार समालेको छु ।

    यो संघमा रहेर व्यवसायी हितको विषयमा के कस्ता आवाज उठाई रहनुभएको छ र तपाइको संगठनको प्रमुख उद्वेश्य के हो ?
    खास गरेर उद्योग वाणिज्य संघ भनेको उद्योगी व्यवसायी आवद्व संस्था हो । यो संस्थामा लागेर अथवा यसमा आवद्व भएर गर्ने भनेको काम नै एदोगी व्यवसायीका समस्या पहिचान गर्ने र अधिकारको पक्षमा उभिने हो । यसमा काममा म दृढटतामा साथ लागठेको छु । राज्य, सरकारलाई व्यवसायीक तथा उद्योग मैत्री नीति नियम ल्याउनको लागि बारम्बार आवाज उठाउने गरेको छु , जुन उद्योगी व्यवसायकिो हितमा छ । राज्यसंग अधिकार मात्र माग्ने काम गरिएको छैन । राज्यको सिस्टममा गएर राज्यलाई कर बुझाउने विषयमा पनि मैले इमान्दारिता पालना गरेको छु ।

    तपाई आवद्व राष्ट्रिय उद्योग व्यापार संगठनमा कहिलेदेखि लाग्नुभयो ?
    बिचारले नजिक रहेको यो संगठनमा म स्थापनाकालदेखि नै आवद्व छु । आवद्व मात्र होइन रुपन्देही अध्यक्ष हु । म लगायत देशभरका थुप्रै साथिहरुको सहभागितामा स्थापना गरिएको यो संगठनको आफ्नै खालको महत्व छ । जुन संगठनमा मिसन पनि छ । उक्त सँगठनमा रहेर काम गरिरहदा खास गरेर व्यावसायिक समस्या र व्यावसायिक माथी पर्ने विभिन्न किसिमका चुनौतीहरुलाई समाधान गर्नु नै उक्त सङठनको काम हो र उक्त संगठनले राज्यको नीति निर्माण गर्ने काममा पनि सबैसंग समन्वय गरेर व्यावसायिकहरुको समस्यालाई समाधान गर्नु नै यस्को उद्देश्य हो ।

    व्यवसायमा लाग्न कसबाट पे्ररित हुनुभयो ?
    खास गरेर मेरो पारिवारिक पृष्ठभुमि व्यावसायी नभए पनि खास गरेर मलाई यो ब्यवसायमा प्रेरित गर्नुहुने आदरणीय काका खगराज उपाध्यायको मुख्य भुमिका रहेको छ !

    व्यवसाय कस्तो छ अहिले ?
    खास गरेर कुनै पनि ब्यबसाय गर्नु त्यति सजिलो विषय होइन ,यो एउटा चूनौतीपूर्ण संघर्ष हो, त्यसका बाबजुद पनि आफ्नो ब्यबसायलाई सफल बनाउनका लागि मुख्य हात आफ्नै रहने हुँदा समग्रमा जुन ब्यबसाय राम्रो किसिमबाट चलिरहेको अनुभुती गरेको छु । म नितान्त व्यवासयी मात्र पनि होइन म समाजसेवी पनि हु भने राजनीतिक बिचार बोकेको मानिस पनि हु । त्यसैले म समाज सेवामा पनि सेवा गरेको छु, भने राजनीति क्षेत्रमा पनि मेरो लगाव छ ।

    आफ्नो व्यवसायसंगै सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । कसरी व्यवस्थापन मिलाउनु भएको छ ?
    अहिलेको आधुनिक युगमा ब्यबसायलाई एउटा सिस्टमको माध्यमबाट चलाउन सक्ने हुंदा आफु जहाँ गए पनि सञ्चारको माध्यमबाट पनि ब्यवसायलाई चलाउन सकिने भएको हुँदा म आफ्नो ब्यबसाय संगसंगै सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशील छु । सायद पहिलेको जस्तो परिस्थिति हुन्थ्यो भने म कि व्यावसायिक क्षेत्रमा मात्र हुने थिए कि ,त राजनीतिक क्षेत्रमा मात्रै क्रियाशील हुने थिए जस्तो लाग्छ ।

    तपाई कुन राजनीति वा कुन दलमा आवद्व हुनुहुन्छ ?
    म कुन दलको बिचारसंग नजिक छु भन्नेबारे सबैलाई थाहा नै छ । म राष्ट्रिय जनमोर्चाको राजनीतिक लाइन वा बिचारसंग सहमत छु र त्यो पार्टीसंग म नजिक छु । यो लुकाइ राख्ने विषय होइन । सामाजिक सञ्चजालहरुबाट पनि मैले बेला मौकामा आफ्नो बिचार प्रष्ट बुझिेनी गरी पोष्ट गरिरहेको हुन्छु । देशको ७० बढी स्थानमा भारतले मिचेको भूमिको विषयमा, राष्ट्रियता जनतन्त्र, जनजीविकाको विषयमा, कालापानीबाट नेपाली सेना हटाउने विषयमा, १९५० लगायतका असमान सन्धि खारेजको विषयमा, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भन्ने विषयमा, एमसीसी ल्याउन हुन्न भन्ने विषयमा, देशमा भएको भ्रष्टाचारको विषयदेखि नेपालमा संघीयता आवश्यक छैन भन्ने विषयमा मेरो धारणा सावजनिक रुपमा प्रष्ट पार्दै आएको छु ।

    तपाई रुपन्देहीको भैरहवामा रहेर सफल युवा व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । आफ्नो पेशा व्यवसायबाट कत्तिको सन्तुष्टी हुनुहुन्छ ?
    पेसा ब्यबसाय गर्नु आफैमा कठिन र चुनौतीपूर्ण ब्यबसाय हो त्यसको बाबजुद पनि ब्यवसायलाई सही ढंगबाट अगाडी बडाउनको लागि आफुमा पनि भर पर्दछ । आफ्नो लगनशीलता, व्यावसायीमा विश्वासनीयता र आफुले गर्ने व्यबहारले गर्दा समाजमा एउटा सफल व्यावसायी भएको अनुभुती भएको छ ।

    भैरहवाको सेज, अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल भैरहवाको ६ लेन सडक निर्माणमा भएको ढिलासुस्तीप्रति तपाई र तपाइको संगठनको खास धारण के हो ?
    सर्बप्रथम त निर्माणका कामहरुमा ढिला सुस्ती हुनुको कारण राज्यको कानुन नै फितलो हुनु हो । सरकारले कुनै पनि काम लगाउंदा कानुनलाई पूर्ण रुपमा पालना गराउनु पर्दछ । कुनै पनि निर्माणका कामहरू तोकिएको समयमा पूरा गर्न नसक्ने ठेकदार कम्पनीहरुको लाईसेन्स रद्व गरिदिने र उक्त कम्पनी वा ठेकदारलाई कालो सूचिमा राखेर अन्य निर्माणका कामहरू नदिने । जुन कम्पनी वा ठेकदारले तोकिएको समयमा नै कुनै पनि निर्माणका कामहरू सम्पन्न गर्दछ त्यस्ता कम्पनी वा ठेकदारलाइ सम्मान वा पुरस्कृत गर्ने हो भने, कुनै पनि निर्माणका कामहरू समयमा नै सम्पन्न हुन्छन् । यो नै मेरो र हाम्रो सँगठनको धारणा हो ।

    देशमा उद्योग धन्दा तथा कलकारखाना नखुल्नुको खास के कारण हो जस्तो लाग्छ ?
    सरकारले उद्योगमैत्रीनीति नबनाउनु नै यसको मुख्य कारण हो । राज्य वा सरकारको नीति नियम कस्तो छ, भन्ने कुरामा त्यो देशको अवस्थाको निर्धारण हुन्छ । नेपालमा जनमुखि तथा उद्योगमैत्री नीति नभएकै कारण उद्योग तथा कलकारखानाहरु फस्टाउन नसकेको स्पष्ट छ । विशेष गरेर सरकारले देशमा उद्योगधन्दालाई प्राथमिकतामा नराख्नु नै देशमा बेरोजगार बढ्नुको मुख्य कारण हो । देशमा उद्योगमैत्रीनीति बनाएर प्रसस्त मात्रामा उद्योग सञ्चालन गर्न सकियो भने देशमा युबाहरु बेरोजगार रहनु पर्दैन । नेपाल एउटा कृषि प्रधान देश भएको हुनाले कृषिलाई आधुनिकिकरण गरि युवाहरुलाई कृषिमा प्रोत्साहन गरियो भने बेरोजगार युबाहरुलाई स्वदेशमा नै रोजगार दिन सकिन्छ । सरकारले दैनिक जसो विदेश जाने युवाहरुलाई रोक्नका लागि माथी उल्लेखित कानुनलाई पूर्ण रुपमा पालना गर्नु पर्दछ, यसो भयो भने युवाहरु विदेसिनु पर्दैन ।

    देशमा बेरोजगार बढ्दो छ । युवा शक्ति दैनिक रुपमा हजारौको संख्यामा विदेश गैरहेका छन् । दैनिकजसो रोजगारीका लागि विदेश जाने युवाहरुलाई यहांले के भन्नुहुन्छ ? दैनिक रुपमा युवाहरु विदेश जानुलाई राज्यको नीतिसंग यहांको भनाइ छ हो ?
    राज्यको नीति नै गलत भएका कारण युवाहरु विदेसिनु परेको हो। जुन राज्यले बनाएको नीति छ त्यो नीति पूर्ण रुपमा अब्यवहारिक छ। जुन राज्यले अब्यवहारि नीति लाई सच्चाउनुको अर्को विकल्प छैन । सरकारले वजेट कस्तो छ ? यो वजेटले देशलाई निकास दिन सक्ला त ?वजेट आउनु ठुलो कुरा होईन । वजेट कार्यान्वयन हुनु ठुलो कुरा हो । जुन वजेट आएको छ पूर्ण रुपमा महत्वकांक्षी वजेट हो र छ । यस्तो वजेटले देशलाई निकास दिन सक्दैन । यो देखाउने दात मात्र हो । यसबाट ठूलो आशा गर्नुहुदैन ।

    देशलाई निकास दिनका लागि कस्तो खालको वजेट आवश्यक पर्छ जस्तो लाग्छ यहांलाई ?
    उद्योगमैत्री,स्वरोजगारमुखि र आयातमुखि बजेट नभई निर्यातमुखी वजेट आयो भने देशलाई निकास दिन सक्छ ।

    मिडियामार्फत के भन्न चाहानुहुन्छ ।
    सर्बप्रथम त म यहाँलाई धन्यवाद दिन चाहन्छु । जुन मिडिया मार्फत मेरा कुराहरू जस्ताको तस्तै सम्पूर्ण पाठकसंग पुराइदिनु भएकोमा मिडियाकर्मी र सम्बन्धित मिडियाप्रति हार्दिक आभार व्यक्त गर्दछु । मिडियाको भूमिका र रोलप्रति ऋणी छु ।

    बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशबाट फर्किएका म्याग्दीका युवाहरूले सुरु गरे भेडापालन
    ५३.५ मेगावाटको अपर म्याग्दी–१ को सुरुङ ब्रेक थ्रू
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    घट्यो सुनचाँदीको मूल्य, सुन तोलामा ९ हजार ५०० रुपैयाँ सस्तियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.