बागलुङबजार । बागलुङको गल्कोट नगरपालिका वडा नं. ९ मल्ममा राष्ट्रिय जनमोर्चाको आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
Advertisement
२०८० असोज २२ गते सोमबार जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियानअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा हुनुहुन्थ्यो । उहाँले सो अवसरमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियोे ।
प्रशिक्षणभेलाको रुमकान्त गौतमको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र भीम गौतमको स्वागत मन्तव्यका साथै सम्पन्न भएको थियोे ।
भेलाले नारायण गौतमको नेतृत्वमा राजमोको सदस्यता वितरण तथा टोल समिति गठन/पुनर्गठनको कार्यक्रम बनाएको प्राप्त समाचारमा उल्लेख छ ।