• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महिला संघ रुपन्देहीको अध्यक्षमा इन्दिरा ज्ञवाली


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल, बुटवल ।
    अखिल नेपाल महिला संघ रुपेन्देहीको अध्यक्षमा इन्दिरा ज्ञवाली चयन हुनु भएको छ । शुक्रबार बुटवलमा सम्पन्न संघको ९ औं जिल्ला सम्मेलनले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो ।

    Advertisement

    ‘सम्पूर्ण शोषित उत्पीडित महिलाहरु एक हौँ, महिला हक अधिकारको लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाको प्रदेश कार्यालय चाँदबारीमा सम्मेलन सम्पन्न सम्मेलनले ज्ञवालीको अध्यक्षतमा २५ सदस्यीय रुपन्देही जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा शान्ता पौडेल, सचिव लक्ष्मी कुँवर, कोषाध्यक्ष मिनु थापा, सहसचिव विस्नु खनाल चयन हुनुभएको छ ।

    सदस्यहरुमा रेनु सिंह, भूमादेवी खनाल, विष्णु पराजुली, धन कुमारी थापा, उमा थापा, विष्णु थापा, कल्पना सापकोटा, उमा न्यौपाने, कपिला आचार्य र मीरा केसी रहनुभएको छ ।वैकल्पिक सदस्यहरुमा वेदकला भण्डारी, कमला केसी, सुनिता कुमारी कुर्मी, देवी आचार्य, डलुदेवी सापकोटा रहनुभएको छ ।

    त्यसैगरी सम्मेलनले पाँच सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा भानु जिसि, लक्ष्मी घिमिरे, कल्पना मल्ल, विणुकला हिताङ र गीता बन्जाडे रहनुभएको छ ।

    सम्मेलनको उद्घाटन गर्दै संघकी अध्यक्ष मीना पुनले देशको राजनीति जटिल मोडमा पुगेकोले सम्पूर्ण देशवासीहरुले गणतन्त्र जोगाउनको लागि फेरि एकपटक उठ्नुपर्ने बेला भएको बताउनुभयो । अध्यक्ष पुनले देशका ठूला पार्टीहरुले गरेका गलत कामले गर्दा उपलब्धि गुम्ने खतरा रहेको बताउनु भयो ।

    उहाँले महिला अधिकारको लागि अखिल नेपाल महिला संघ निरन्तर लडेकै कारण केही उपलब्धि हासिल गरेपनि महिला अधिकारको लागि अझै धेरै उपलब्धि हासिल गर्न संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलाम, अखिल नेपाल बुद्धिजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, किसान नेता चन्द्र बहादुर केसी, राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी, जनजाति नेता नारायण पुन, गोपाल गौरे, मुक्ति सापकोटा, लालबहादुर क्षेत्री, भीमलाल न्यौपाने लगायत नेताहरुले सम्मेलन सफताको शुभकामना दिनुभएको थियो ।

    उद्घाटन सत्रको अध्यक्षता शान्ता पौडेल, स्वागत माया खानाल र सञ्चालन लक्ष्मी कुँवरले गर्नुभएको थियो ।

    उद्घाटन कार्यक्रमपछि बन्द सत्रको कार्यक्रम गरिएको थियो । बन्द सत्रले ईन्दिरा ज्ञवाली, लक्ष्मी कुँवर र कल्पना सापकोटा रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । कार्यक्रमा राजनीतिक तथा सांगठनिक प्रदिवेदन लक्ष्मी कुँवर र आर्थिक प्रतिवेदन माया खनालले पेस गर्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई संघका केन्द्रीय अध्यक्ष मीना पुन र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसीले शुभकामना दिनुभएको थियो ।

          

       
    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.