बागलुङ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तर्गत गलकोट नगरपालिका वडा नं ११ रिघामा प्रशिक्षण भेलाको आयोजना गरिएको छ ।
Advertisement
कार्यक्रममा राजमो जिल्ला सल्लाहकार वेदीलाल सापकोटा र गलकोट नगर सदस्य नारायण सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
बल बहादुर पुनको अध्यक्षता तथा दलबहादुर बुढाथोकीको सञ्चालनमा भएको कार्यक्रममा भक्तिराम पुनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नवप्रवेशीहरुलाई सदस्यता समेत वितरण गरिएको थियो ।
राजमो बागलुङले फागुन महिनाभर १० वटा टोली बनाएर जिल्लाव्यापी संगठनात्मक अभियान सञ्चालन गरेको थियो । सो अभियान केही टोलीले समापन गरेका छन् भने कतिपय टोलीले अझै जारी राखेका राखेका नेता धर्म कुँवरले जानकारी दिनुभएको छ ।