• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चा कैलालीको सम्मेलन सम्पन्न, अध्यक्षमा जगत जोशी


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीको अध्यक्षमा जगतप्रसाद जोशी चयन हुनुभएको छ ।

    Advertisement

    मंगलबार धनगढीमा सम्पन्न पाँचौं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मिलन शाही, सचिव मेरजन शाही, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा कुन्ती पाण्डे चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा देवराज चौधरी, हेमराज भट्ट, देशराज चौधरी, प्रेम चन्द, पूर्णबहादुर शाही, लालबहादुर ताम्राकार, लल्ला राना, बालकृष्ण चौधरी, राज तिरुवा, शोभामणि भट्ट, रामकृष्ण राना, चन्द्रबहादुर विष्ट, खेमराज बडू, बाबुराम आचार्य र कल्पना बराल रहनुभएको छ ।

    सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमसीसीमार्फत अमेरिका नेपाल पसेर चीन घेर्ने रणनीति लिएकोले खारेज हुनुपर्ने बताउनुभयो ।

    उहाँले नेपालले हालसम्म लिइरहेको असंलग्न परराष्ट्र नीति अमेरिकी साम्राज्यवादको दबाबमा खत्तम हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । यसले भविष्यमा देश युक्रेन बन्ने खतरातर्फ सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

    नेता भट्टले सत्तारुढ दलका नेताहरु नै भ्रष्टाचार र तस्करीमा लागेकाले जनताले उनीहरुलाई विश्वास गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

    जगतप्रसाद जोशीको अध्यक्षता अघि बढेको सम्मेलनको सञ्चालन मेरजन शाहीले गर्नुभएको थियो ।

    सम्मेलनमा वामपन्थी नेता आरसी भट्ट, राजमोका केन्द्रीय सदस्य नन्दराज भट्ट, तराई मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्की, जातीय समता समाजका केन्द्रीय सदस्य शेरबहादुर विक, जनजाती नेता खड्क राना, नेता नुमबहादुर पुनले सफलताको शुभकामना दिनुभएको थियो ।

    यस्तै, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष प्रेम चन्द, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कुन्ती पाण्डे, बुद्धिजीवी संघका शोभामणि भट्ट, अखिल छैठौंका केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    केही समय अघि राजमो छोडेर विभिन्न पार्टीमा प्रवेश गरेका कार्यकर्ताहरुसमेत सोही सम्मेलनमा मूलघरमै फर्किएका छन् ।

    यसअघि सोमबार राजमो कञ्चनपुरले पनि आफ्नो छैठौं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

    • राजमो कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की
    • कञ्चनपुरमा संगठन सखाप पार्यौं भन्नेलाई सम्मेलन दह्रो झापड : महासचिव भट्ट

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.