परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिका वडा नं. १ सोमनाथ पायोनियर टोलमा अखिल नेपाल महिला सङ्घको गाउँ समिति गठन भएको छ ।
Advertisement
महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदीको प्रमुख आतिथ्यमा २०८० भदौ १६ गते सम्पन्न भेलालबाट उक्त समिति गठन भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, रक्तिम सांस्कृतिक अभियानकी जिल्ला अध्यक्ष मेघराज गौतम र महिला सङ्घकी जिल्ला सचिव मनरूपा रानाको उपस्थिति रहेको थियो ।
समितिमा कमला गौतम अध्यक्ष, उपाध्यक्ष तारा गौतम, सचिव कल्पना गौतम, कोषाध्यक्ष कमला न्यौपाने, सदस्यहरू सावित्री पौडेल, विष्णु रिजाल र कुसुम विक तथा सल्लाहकारमा तिलाकुमारी पौडेल र डिलकुमारी गौतम रहनुभएको छ ।