वीरेन्द्रनगर । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा एम.सी.सी. कार्यान्वयन विरुद्ध कोणसभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा सुर्खेत जिल्ला समितिको आयोजनामा २०८० भदौ १३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई प्रमुख अतिथिको आसनबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले एम।सी।सी। कार्यान्वयनमा जानु भनेको नेपालमा साम्राज्यवादी हस्तक्षेप बढेर जानु भएको बताउनुभयो ।
नेपाली जनताले एम.सी.सी. को सधैँ विरोध गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा पनि त्यो आवाजलाई अझै बुलन्द गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सभामा राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।