काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एम.सी.सी.) पछि अब फेरि एस.पी.पी. सम्झौताको तयारी भइरहेको बताएका छन् ।
२०८० भदौ ११ गते सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका उनले एस.पी.पी. को सबै ड्राफ्ट तयार भइसकेको र एस.पी.पी. पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । उनले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको हो भने किन दस्ताबेजहरु लुकाएको भन्दै प्रश्न गरे ।
उनले भने, ‘एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ रु के कारणले लुकाइयो रु दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसी भित्र के के समस्या छन् भन्नकुरा स्पष्ट रुपमा राखेका छौँ । नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन् । एक जना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एस.पी.पी. सम्झौताको सारा तयारी हुँदै छ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’
पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए ।