• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सहिद सरोज शर्माको सैँतिसौँ स्मृतिदिवसमा नेकपा (मसाल) द्वारा श्रद्धाञ्जली व्यक्त


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को सैँतिसौँ स्मृतिदिवस (भदौ ११) मा नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ११ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा सहिद सरोज शर्मालाई पार्टीको क्रान्तिद्रष्टा, जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी सदस्य रहेको बताइएको छ ।

    पार्टीलाई सञ्चारयुगसँग जोड नेकपा (मसाल) को वैधानिक पत्रिकाको रूपमा “हाँक” प्रकाशन गर्न सहिद सरोज शर्मालाई सम्पादक बनाइएको जानकारी गराउँदै प्रेसवक्तव्यमा लगातार ३६ वर्ष प्रकाशन गरेपछि उक्त पत्रिका फुटपरस्त तत्त्वको हातमा परेको र त्यसलगत्तै सो स्थानमा सामूहिक स्वामित्वमा “युगदर्शन” पत्रिका प्रकाशन सुरु गरिएको वक्तव्यमा उल्लेख छ ।

    कम्युनिस्ट आन्दोलनमा देखा पर्ने विभिन्न भड्कावका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रण गरिएको प्रेसवक्तव्यमा अगाडि भनिएको छ : “हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा का. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “कामरेड सरोज शर्मा (शोभाखर धनञ्जय) हाम्रो पार्टीको क्रान्तिद्रष्टा, जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी सदस्य हुनुहुन्थ्यो । पार्टीको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी पार्टीले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    पार्टीलाई सञ्चारयुगसँग जोड्नका लागि वैधानिक पत्रिकाको रूपमा “हाँक” प्रकाशन गर्ने र त्यसको सम्पादक का. सरोज शर्मालाई बनाउने निर्णय भएको थियो । पार्टीद्वारा त्यसरी उठाइएको पहलकदमीमा का. सरोज शर्माले महŒवपूर्ण योगदान दिनुभएको थियो । उहाँको मृत्युपछि पनि पार्टीले उहाँको ऐतिहासिक नासोको रूपमा सो पत्रिकालाई साढे ३ दसकसम्म निरन्तर प्रकाशन गर्ने काम गरेको थियो ।

    हामीले धेरै नै दु:खका साथ भन्नुपरेको थियो कि त्यसरी साढे ३ दसकसम्म पार्टीले सञ्चालन गर्दै आएको उक्त वैधानिक पत्रिकाको कानुनी हकप्राप्त व्यक्ति फुटपरस्त गतिविधिमा सामेल भएपछि त्यसलाई हाम्र्रो पार्टीले गुमाउनुपर्‍यो । नैतिक दृष्टिले लामो समयदेखि पार्टीले सञ्चालन गर्दै आएको पत्रिका पार्टीको सम्पत्ति हुनुपर्ने भए पनि कानुनी रूपमा त्योे पत्रिका एउटा व्यक्तिको नाममा भएकाले सो व्यक्तिको इच्छाअनुसार त्यो पत्रिकाको अधिकार पनि सोही व्यक्तिसित कायम हुन पुग्यो । त्यो अवस्थामा सो व्यक्ति फुटपरस्तमा सामेल भएपछि त्यो पत्रिकाप्रतिको कानुनी अधिकार पनि पार्टीको रहन सकेन ।

    एकातिर, हामीलाई दु:ख छ कि पार्टीमा ऐतिहासिक निर्णय भई का. सरोज शर्माको ऐतिहासिक नासोको रूपमा रहेको तथा पार्टीको विचारधारात्मक शक्तिले स्थापित भएको उक्त पत्रिकालाई कानुनी प्रावधानका कारणले फुटपरस्तहरूलाई आफ्नो कब्जामा लैजानका लागि सहज भयो र त्यो हाम्रो पार्टीको सम्पत्तिको रूपमा रहन सकेन तर अर्कातिर, हामीलाई प्रशन्नता छ कि फुटपरस्तहरूले उक्त पत्रिकामाथि कब्जा जमाएको भए पनि पार्टीको ऐतिहासिक निर्णय, का. सरोज शर्माको ऐतिहासिक नासो र पार्टीको वैचारिकताको ऐतिहासिक निरन्तरताको लागि “युगदर्शन” पत्रिकालाई सामूहिकी गरेर तत्कालै प्रकाशन गर्ने कार्य सुरु भएको थियो । त्यसरी कुनै साधन हुनु र नहुनुले क्रान्तिको महान् यात्रामा खास फरक नपर्ने कुरा प्रष्ट भयो र क्रान्तिकारीहरूले जस्तोसुकै प्रतिकूलतालाई पनि सामना गरेर आफ्नोउद्देश्यलाई अगाडि बढाउन सक्छन् भन्ने कुरा पुन: प्रमाणित भयो । हामीलाई गौरव छ कि पार्टीको उक्त ऐतिहासिक निर्णयअनुसार सुरु भएको का. सरोज शर्माको अभियानलाई अगाडि बढाउन हामी सफल हुँदै आएका छौँ र भविष्यमा पनि हामीले त्यो सफलता प्राप्त गर्ने छौँ भन्ने हामीलाई पूरा विश्वास छ । 

    हाम्रो पार्टीले स्थापनाकालदेखि नै कैयौँ आरोह र अवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । क्रान्तिको विचारको रक्षाको प्रश्न नै हाम्रो पार्टीको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देशको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिको विचारको रक्षा गर्न सक्ने छौँ । हामीले दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट पार्टी र क्रान्तिको विचारको रक्षा गर्न हाम्रा अगाडि आउने सबै चुनौतिको सामना गर्न हामी तयार छौँ र रहिरहने छौँ । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा का. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”

    २०४२ सालको बमकाण्डको आरोपमा भूमिगत हुनुपरेपछि सहिद सरोज शर्मा दिल्ली पुगेर “नेपाली एकता” पत्रिकाको सहसम्पादक बनेर काम गर्नुभएको थियो । सोही क्रममा २०४३ साल भदौ ११ गते नयाँदिल्लीको बेलारोडमा पत्रिका विक्रीवितरण गर्न जाँदा उहाँले सहादत प्राप्त गर्नुभएको थियो ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.