काठमाडौं । पत्रकारका लागि सूचना तथा प्रशारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने भएको छ ।
Advertisement
बुधबार सूचना प्रकाशित गरी विभागले स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने स्पष्ट पारेको छ ।
अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने विभागले जनाएको छ।
‘यस विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी सूचनमा उल्लेख छ।