अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अर्घाखाँचीमा उत्साहका साथ अगाडि बढेको छ । अभियानकै क्रममा सयौं जना व्यक्तिहरु अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् ।
अभियानमा राष्ट्रपतिबाट ‘उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त कृषि उद्यमी गणेश बञ्जाडे र पुष्कर बञ्जाडे पनि सरिक हुनुहुन्छ । प्रतिष्ठित कृषक बञ्जाडेद्वय अभियानमा सरिक हुँदा किसानहरुमा हौसला बढेको राजमो अर्घाखाँचीले जनाएको छ । उहाँहरु दुवैजना अखिल नेपाल किसान महासंघसँग आवद्ध हुनुहुन्छ ।
अर्घाखाँचीमा महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेताहरु यामलाल पोख्रेल, शेरबहादुर विसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल लगायत नेताहरुको अगुवाईमा जिल्लाका ६ वटै पालिकामा संगठनात्मक अभियान उत्साहका साथ सञ्चालन भइरहेको पनि राजमो अर्घाखाँचीले जानकारी दिएको छ ।
यो पनिः
जनताले राजमोलाई वैकल्पिक शक्तिका रुपमा हेरेका छन्ः खनाल
अर्घाखाँचीमा चलेको संगठनात्मक अभियानप्रति पत्रकारको चासो
अर्घाखाँचीमा सांगठनिक अभियान, पुराना वाम नेताहरु सम्मानित