• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

जनताले राजमोलाई वैकल्पिक शक्तिका रुपमा हेरेका छन्ः खनाल

"अर्घाखाँचीमा संगठन विस्तार तिब्र "

  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
  • अर्घाखाँची । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालले राष्ट्रिय जनमोर्चाप्रति आम नागरिकले ठुलो भरोसा गरेको बताउनुभएको छ । राजमोले सञ्चालन गरेको संगठनात्मक अभियानका क्रममा अर्घाखाँचीमा रहनुभएका खनालले जनताले राजमोलाई अवको विकल्पका रुपमा हेरिरहेको बताउनुभयो ।

    Advertisement

    आइतबार युगदर्शनसँग कुरा गर्दै खनालले भन्नुभयो, ‘हामी जहाँ जहाँ पुगेका छौं, सबै ठाउँमा जनताले राष्ट्रिय जनमोर्चा प्रति ठुलो भरोसा राखेको पायौं । जनताले राजमोलाई वैकल्पिक शक्तिका रुपमा हेरेका छन् ।’

    उहाँले सत्ता सञ्चालन गरिरहेको नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेससँग जनता दिक्क भएको बताउनुभयो । ‘नेकपा र कांग्रेस भित्रको किचलोकाका कारण जनता मात्रंै होइन, तिनै पार्टीका तल्लो तहका कार्यकर्ता समेत दिक्क छन्’ उहाँले भन्नुभयो, ‘नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले जनताका पक्षमा लगातार गर्दै आएको संघर्ष र उच्च छवीका कारण जनताले राजमोप्रति नै आडभरोसा देखाएका छन् ।’

    नेता खनालले आफू जनताले चाहेअनुसार राजमोका नेता कार्यकर्ताहरु फिल्डमा अझै खटिन नसकेको स्वीकार गर्नुभयो । स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा जहाँ गएपनि राजमोका कार्यकर्ताले स्वागत पाउने गरेको र जनता आकर्षित भइरहेको भन्दै उहाँले अझै धेरै फिल्डमा खटिनुपर्ने र जनतालाई अझै गोलबन्द पार्न प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । सो अभियानलाई सफल पार्न प्रवासबाट उपाध्यक्ष खनालसहित थुप्रै नेता कार्यकर्ताहरु अहिले विभिन्न जिल्लामा खटिएका छन् ।

    अर्घाखाँचीमा संगठन विस्तार तिब्र

    अभियानका क्रममा अर्घाखाँचीमा तिब्ररुपमा सदस्यता वितरण र संगठन निर्माण भइरहेको छ । जिल्लाका ६ वटा स्थानीय तहमा १० वटा टोली निर्माण गरेर संगठन निर्माण अभियानलाई तिब्रता दिइएको छ ।

    जिल्लाको भूमिकास्थान, सन्धिखर्क र सितगंगा नगरपालिका तथा, छत्रदेव, पाणिनी र मालारानी गाउँपालिकाका हरेक वडामा राजमो पुगेको छ । जिल्लास्तरमा अखिल नेपाल किसान संघका अध्यक्ष भैरव रेग्मी, राजमोका पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, मूलप्रवाहका उपाध्यक्ष कपिल खनाल लगायतका नेताहरुले अभियानको नेतृत्व गरिरहनुभएको छ ।

    त्यस क्रममा सितगंगा नगरपालिकाको वडा नं २, ७ र ९ मा वडा समितिहरु गठन भएका छन् । वडा नं २ मा आयोजित भेलाले कमला विसीको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको उपाध्ययक्षमा उमाकला बञ्जाडे, सचिव हुमकला विसी र कोषाध्यक्ष लालबहादुर क्षेत्री, शारदा अधिकारी, राधा क्षेत्री, शान्ता क्षेत्री र सरस्वती विसी रहनुभएको छ ।

    यस्तै, वडा नं ७ मा गठन भएको वडा समितिमा अध्यक्ष पारुसिंह गुरुङ, सचिवमा चित्रबहादुर गाह र कोषाध्यक्षमा ओमबहादुर गाह रहनुभएको छ । यस्तै, सदस्यहरुमा तेजबहादुर घर्ती, हिमबहादुर भुसाल, कुलबहादुर दुर्कटा र नुमबहादुर रावल रहनुभएको छ ।

    यसैगरी, वडा नं ७ मा विनोद वेल्वासेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा भिमबहादुर विक, सचिव प्रेमबहादुर विक, सहसचिव माया रायमाझी र कोषाध्यक्षमा सचिता कामी तथा सदस्यहरुमा नेग बहादुर घर्ती र कमला कुँवर रहनुभएको छ । सितगंगामा आयोजित वडा तथा टोलका भेलाहरुमा मूलप्रवाहका उपाध्यक्ष कपिल खनाल, राजमो नेता यामलाल पोखरेल र गोविन्द थापाले प्रशिक्षण दिनुभएको थियो ।

    यता, भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ मा प्रशिक्षण भेला सम्पन्न भएको  छ । ति भेलालाई किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेताहरु शेरबहादुर विसी र गौपाल पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । शनिबार भूमिकास्थानको वडा नं ५ मा आयोजित भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष मित्रलाल पोखरेल, सञ्चालन सचिव प्रकाश पौडेल र स्वागत सदस्य कृष्णप्रसाद वेलवासेले गर्नुभएको थियो ।

    अर्घाखाँचीमा अहिलेसम्म राजमोले हजारौं सदस्यता वितरण गरिसकेको छ । अभियानकै क्रममा कैयौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरिरहेको राजमो अर्घाखाँचीले जनाएको छ ।
    यो पनिः

    अर्घाखाँचीमा चलेको संगठनात्मक अभियानप्रति पत्रकारको चासो

     अर्घाखाँचीमा सांगठनिक अभियान, पुराना वाम नेताहरु सम्मानित

    आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.