केरसिंह अदै कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगरपालिका वडा नं ३ को वडा भेला खरेन्द्रपुरमा सम्पन्न भएको छ । भेलाले श्याम प्रकाश खनालको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा नं ३ को समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामदेव कुर्मी, सचिव प्रकाश विक, कोषाध्यक्ष बिनिता अदै, सदस्यहरुमा श्याममोहन केवाट, सूर्यबहादुर सुनार, मुमा विक, बलबहादुर खत्री, रहिस् कुजडा, झकबहादुर विक, सुशीला खनाल, चन्द्रबहादुर अदै, भागीराम थारु रहनुभएको छ ।
यस्तै, वैकल्पिक सदस्यमा राधेश्याम लोनिया र रामप्रसाद कामी रहनु भएको छ भने सल्लाहकारमा छन्दबहादुर केसी, केहरसिंह पुन, केरसिंह अदै, प्रेमबहादुर कार्की, इन्द्रकला खनाल र नारायण बन्जाडे रहनु भएको छ ।
प्रकाश विकको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा नगर अध्यक्ष केहरसिंह पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकर तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसी, रक्तिम सांस्कृतिक अभियानका वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर नेपालीले सम्बोधन गर्नुभएको थियो ।
त्यसक्रममा उहाँहरुले देशको राष्ट्रियता, भष्टाचार, संघीयता , गणतन्त्रको रक्षाको बारेमा प्रकाश पार्नु भएको थियो । भेलामा अखिल (छैठौं) की जिल्ला अध्यक्ष सन्जिला बुढा र अखिल नेपाल महिला महासंघका जिल्ला सहसचिव बिनिता अदैको पनि आतिथ्यता रहेको थियो ।
भेलामा रक्तिम सांस्कृतिक अभियानका कलाकार हरुले ‘क्रान्ति अझै बाँकी छ, एक बनौं लौ एक बनौं र आकसैमा बादलु छैन, पानि पर्यो करेली झालैमा सामन्त को नाइके छैन, कसले पारो माकुरी जालैमा भन्ने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

भेलाको सञ्चालन श्यामप्रकाश खनाल र स्वागत मोहन विकले गर्नु भएको थियो भने नवनिर्वाचित पदाधिकारी हरुलाई जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विकले बधाई ज्ञापन गर्नु भएको थियो ।
भेलापछिको पहिलो बैठकले वडामा टोल भेला गर्ने, सदस्यता वितरण गर्ने, राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन सफल पार्ने निर्णय गरेको छ ।
यही भदौ २२ र २३ गते जिल्ला सम्मेलन हुन गइरहेकोले राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पालिका र वडाहरुमा अभियान जारी राखेको छ ।