• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

टीकापुर घटना राजनीतिक नभएको सर्वोच्चको फैसलाप्रति मसालको समर्थन


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले आठ जना प्रहरी र एक जना बालकको नृशंस हत्या तथा ३६ जना प्रहरी घाइते हुने गरी भएको २०७२ भदौ ७ गतेको कैलाली टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ ।

    Advertisement

    पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० भदौ १ गते शुक्रबार जारी प्रेसवक्तव्यमा जारी यस्तोे धारण सार्वजनिक भएको हो ।

    पार्टीले टीकापुर घटना जघन्य फौजदारी घटना भएको र त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिने घटनाको पहिले नै विरोध गरिसकेको स्मरण गराउँदै अहिले सर्वोच्चको फैसलाको पूर्ण पाठले आफ्नो विश्लेषण सही भएको बताएको छ ।

    देशमा विधिको शासन कायम गर्न यस्ता घटनामा रेशम चौधरी जस्ता पात्रलाई कानुनअनुसार सजाय दिन आह्वान गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आठ जना सुरक्षाकर्मी र एक बालकको जघन्य हत्या र ३६ सुरक्षाकर्मीहरू घाइते हुने गरी भएको जघन्य घटनाको सम्बन्धमा गत जेठ २ गतेको उच्च अदालत दिपायलको फैसलालाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ २०८० साउन ३१ गते बुधबार आएको छ । सर्वोच्च अदालतको उक्त फैसलाले सो घटना जघन्य, बर्बर र नृशंस भएकाले त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिनु गलत भएको पुष्टि भएको छ । नेकपा (मसाल) सर्वोच्च अदालतको उक्त फैसलाको स्वागत गर्दछ ।

    हाम्रो पार्टीले टीकापुर घटनालाई राजनीतिक मान्न अस्वीकार गर्दै त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिने निर्णयको विरोध गर्दै आएको थियो । हाम्रो अहिले पनि यही मत छ : उक्त घटना कुनै पनि प्रकारले राजनीतिक घटना होइन र त्यसका अभियुक्तलाई कुनै पनि हालतमा आपमाफी दिनु सही होइन बरु निज चौधरीलाई कानुनअनुसार सजाय दिइनुपर्दछ ।

    अहिले सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठले पनि हाम्रो यो विचार सही भएको पुष्टि भएको छ । सर्वोच्च अदालतले भने झैँ उक्त हत्याकाण्ड पीडित र प्रभावित पक्षका लागि मात्र नभएर समग्र नेपाली समाज विरुद्धको जघन्य अपराध हो र यस्ता हत्याकाण्डका संलग्नलाई राजनीतिक सहमति वा स्वार्थमा मुद्दा नचलाउने वा आममाफी दिने कार्य संविधान विपरीत छ ।

    देशमा विधिको शासन कायम गर्नका लागि टीकापुर जस्ता जघन्य हत्याकाण्डका आरोपीलाई राजनीतिक आममाफी दिने जस्तो कार्य नगर्न हाम्रो पार्टी सरकारसित माग गर्दछ ।”

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.