चन्द्र सापकोटा, कावासोती ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा राष्ट्रिय जनमोर्चाको दोस्रो न सम्मेलन सम्पन्न भएको छ ।
राजमो नेता भागिरथ भट्टराईको प्रमुख आतिथ्यमा २०८० साउन २७ गते शनिबारको सो सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राजमो नेता चन्द्र सापकोटा, रक्तिम सांस्कृतिक अभियान गण्डकी अध्यक्ष प्रदेश समितिका अध्यक्ष भक्त उचै, राजमो नेता गिरबहादुर महतरा, छिमेकी पालिका अध्यक्ष मानबहादुर लामा, अखिल नेपाल युवक सङ्घका गोविन्द अम्माई र विद्यार्थीनेतृ वर्षा पोख्रेलको उपस्थिति रहेको थियो ।
सम्मेलनले डम्मर केसी अध्यक्ष रहनुभएको १५ सदस्यीय राजमोको नगर समिति चयन भएको छ । त्यस्तै, सम्मेलनले पाँच जनाको सचिवालय र चार जनाको सल्लाहकार पनि चयन गरेको छ ।
सम्मेलन डम्मर केसीको अध्यक्षता तथा कृष्ण गिरीको सञ्चालनसँगै सम्पन्न भएको थियो ।