धनगढी । मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ ।
Advertisement
धनगढी उपमहानगरपालिका–९ भैँसीघाटस्थित रहेको ७४८/३ नम्बरको सीमा स्तम्भ बाढीले बगाएको हो ।
अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
अविरल वर्षापछि कैलालीका नदीनालामा पानीको बहाब बढेको छ । ठाउँ ठाउँमा नदीले डुबान र कटानको समस्या परेको छ ।