काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले भारतीय पूर्वमहिला क्रिकेटर देविका पाल्सिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।
Advertisement
भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँलाई कन्सल्यान्ट प्रशिक्षकको रूपमा आज नियुक्त गरिएको क्यानले जनाएको हो ।
देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक हुनुहुन्थयो । उहाँ २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बन्नुभएको थियो ।