• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नक्कली शरणार्थी काण्ड र नेपालको राष्ट्रिय चरित्रको ह्रासको प्रश्न


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • नक्कली भुटानी शरणार्थी काण्ड नेपालमा भ्रष्टाचारको इतिहासमा अत्यन्त ठुलो र गम्भीर काण्ड हो । सामान्यत: यसको गम्भीरता दुईओटा कुरामा निहित छ : प्रथम– त्यो काण्डले प्रथमपल्ट यो कुरा सार्वजनिक रूपमा बाहिर ल्याएको छ कि नेपालमा भ्रष्टाचारले प्रशासनयन्त्रमा मात्र होइन, उच्च राजनैतिक वृत्तमा पनि गम्भीर रूपले घर जमाएको छ† द्वितीय– अन्य सबै भ्रष्टाचार काण्डभन्दा यो काण्ड बेग्लै यस कारणले छ कि यसमा नेपालीलाई विदेशी नागरिक बनाएर तस्करी गर्ने प्रयत्न गरिएको थियो ।

    Advertisement

    नक्कली भुटानी शरणार्थी काण्ड भ्रष्टाचारको ठुलो काण्ड त हो नै, त्यसकारण त्यसमा संलग्न सबै आरोपितमाथि निष्पक्ष छानबिन गरेर दोषी प्रमाणित भएका सबै व्यक्तिमाथि अपराधअनुसार सजाय हुनुपर्दछ तर त्यसका साथै दोषी प्रमाणित भएका सबै व्यक्तिमाथि अपराधअनुसार कारबाही गर्नुपर्ने आवश्यकता भए पनि एकातिर, दोषी उम्कन नपाउन् र अर्कातिर, निर्दाेष व्यक्तिलाई दण्डसजाय हुन नपाओस्—त्यसप्रति पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    हाम्रो पार्टीले उक्त काण्डको सिलसिलामा यो कुराप्रति पनि लगातार जोड दिँदै आएको छ कि त्यो काण्डका कारणले जनतामा उत्पन्न असन्तोष र आक्रोशबाट फाइदा उठाएर प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिलाई लोकतन्त्र र गणतन्त्र समाप्त पार्न तथा देशमा विभिन्न साम्राज्यवादी शक्तिको प्रभुत्व कायम गर्ने कार्यमा सफलता पुग्ने त होइन ? भुटानी शरणार्थी काण्डका सन्दर्भमा हाम्रो पार्टीले त्यस दिशातिर विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छ । प्रतिगमन वा साम्राज्यवादी शक्तिलाई त्यसका लागि थोरै मात्र भए पनि त्यस प्रकारको सफलता प्राप्त भयो भने पनि त्यसबाट देशलाई ठुलो आघात पुग्ने छ र सम्भवत: त्यो दीर्घकालीन प्रकृतिको पनि हुन सक्दछ । त्यस्तो हुन नपाओस् भन्नका लागि खालि भुटानी शरणार्थी काण्डसित संलग्न व्यक्तिका विरुद्ध अपराधअनुसार कारबाहीको माग गर्दै प्रतिगमन र साम्राज्यवाद विरुद्धको सङ्घर्षलाई पनि लगातार अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    भुटानी शरणार्थी काण्डका सन्दर्भमा अर्काे एउटा पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो काण्डले राष्ट्रिय चरित्रमा गम्भीर ह्रास आएको कुरालाई पनि बताउँछ । यो सामान्य कुरा होइन कि त्यो काण्डमा प्रशासन वा राजनीतिको उच्च तहमा पुगेका व्यक्ति पनि जोडिएका छन् ।

    प्रशासनको उच्च तहमा पुग्ने व्यक्तिहरू उच्च शिक्षित व्यक्ति नै हुन्छन् । राजनीतिको उच्च तहमा पुग्ने व्यक्तिहरू पनि लामो त्याग, बलिदान र सङ्घर्ष वा लामो राजनीतिक पृष्ठभूमि र राजनीतिक प्रशिक्षणबाट खारिएर आएका व्यक्ति नै हुन्छन् । भुटानी शरणार्थी काण्डका सन्दर्भमा विष्फोट भएको भ्रष्टाचारले त्यस प्रकारका उच्च व्यक्तिमा हद दर्जाको नैतिक पतन किन र कसरी भयो ? त्यो प्रश्नलाई मात्र उठाउँदैन, त्यसका साथै देशको राष्ट्रिय चरित्रमा पनि ठुलो ह्रास भएको कुरालाई अगाडि ल्याउँछ ।

    अहिले उक्त भ्रष्टाचारको सिलसिलामा जसमाथि मुद्दा चलिरहेको छ, उनीहरूमध्ये कति जना दोषी ठहर्ने हुन् र कति जना निर्दाेष सावित हुने छन् ? त्यो कुरा त पछि थाहा हुने छ तर त्यो कुरा जे भए पनि नेपालको राष्ट्रिय चरित्रको ह्रासको सन्दर्भमा खालि भुटानी शरणार्थी समस्याको सीमित घेरामा मात्र बुझेर त्यसको यथार्थ तस्बिर अगाडि आउने छैन ।

    यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ कि राष्ट्रिय चरित्रको ह्रासको क्षेत्र त्यो भन्दा कैयौँ गुणा गम्भीर र व्यापक छ । केही तथ्यमाथि मात्र विचार गर्ने हो भने त्यसको गम्भीर र भयानक चित्र हाम्राअगाडि आउने छ । त्यो कुरा खालि वर्तमानसँग मात्र जोडिएको छैन, राष्ट्रिय चरित्रमा भएको त्यो ह्रासले भविष्यलाई पनि टाढासम्म हान्ने छ । त्यस सन्दर्भमा यो प्रश्न पनि नउठाइकन रहन सकिन्न : त्यसले अर्थात् राष्ट्रिय चरित्रमा भएको ह्रासले कहीँ नेपाललाई शताब्दिऔँसम्म वा कहिल्यै उठ्न नसक्ने गरेर हान्ने त होइन ? त्यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय चरित्रमा भएको ह्रासको प्रश्नलाई हल्का रूपमा लिनु अदूरदर्शितापूर्ण सोचाइ नै हुने छ ।

    देशका विकास कार्यबाट नै कुरा सुरु गरौँ । देशका विकासकार्यको अवस्थालाई बुझ्ने प्रयत्न गर्‍यौँ भने प्रष्ट हुन्छ : त्यहाँ ठुलो पैमानामा भ्रष्टाचार हुन्छ । प्रशासनको सक्रियता वा गतिको श्रोत मुख्य सञ्चालक शक्ति भ्रष्टाचार नै हुन्छ भने पनि अत्युक्ति हुने छैन । प्रशासन शत्प्रतिशत नै भ्रष्ट हुन्छ भन्ने दाबी अवश्य पनि सही हुने छैन वा त्यसो भन्नु इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने कर्मचारीमाथि अन्याय हुने छ । हामीले आफ्नो जीवनको लामो प्रत्यक्ष अनुभवबाट र नजिकबाट कैयौँ कर्मचारी वा उच्च अधिकारीले पनि एक पैसा पनि घुस नलिइकन काम गरेको देखेका छौँ तर व्यवहारमा के हुन्छ भने भ्रष्ट कर्मचारीले उनीहरूलाई सहयोग गर्दैनन् वा उनीहरूलाई असफल पार्ने प्रयत्न गर्दछन् । त्यस प्रकारको भ्रष्ट प्रवृत्ति स्थानीय पालिका वा उपभोक्ता समितिमा पनि व्याप्त छ । उनीहरूमध्ये पनि जुन जनप्रतिनिधि वा कर्मचारीले इमानदारीपूर्वक काम गर्दछन्, उनीहरूलाई अन्य कर्मचारीले असफल पार्ने प्रयत्न गर्दछन् ।

    प्रशासनमा पाइने त्यस प्रकारको व्यापक भ्रष्टाचारको मूल कारण पनि देशको राष्ट्रिय चरित्रमा भएको ह्रास नै हो । राष्ट्रिय चरित्रको ह्रासको नै परिणाम हुने छ कि उनीहरूले देश वा राष्ट्रको विकासभन्दा आफ्ना व्यक्तिगत स्वार्थलाई नै प्राथमिकता दिन्छन् र त्यसैले उनीहरू देश र जनताप्रति सही वा जिम्मेवार दृष्टिकोण अपनाउन सक्दैनन् । त्यो नै एउटा मुख्य कारण हो जसले गर्दाखेरि देशको विकास पछाडि परिरहेको छ ।

    पालिका वा उपभोक्ता समितिमा भ्रष्टाचारका पछाडि पनि देश र जनताप्रतिको त्यही प्रकारको गैरजिम्मेवार दृष्टिकोणले काम गरेको हुन्छ । पालिका वा उपभोक्ता समितिका मानिसमा प्राय: राजनीतिक पार्टीका कार्यकर्ता नै हुन्छन् । उपभोक्ता समिति वा पालिकाका सबै कार्यकर्ता भ्रष्ट हुन्छन् भन्ने होइन । कतिपयले इमानदारीतापूर्वक नै काम गरेका हुन्छन् तर इमानदारीतापूर्वक काम गर्ने जनप्रतिनिधि वा कर्मचारीलाई माथिल्लो तहबाट, मुख्यत: माथिल्लो प्रशासनिक तहबाट राम्रो सहयोग प्राप्त हुँदैन । वास्तवमा यो केही अपवादलाई छाडेर देशभरिको समस्या हो ।

    राजनीतिक तहमा ता राष्ट्रिय चरित्रको ह्रासको प्रवृत्ति झन बढी पाइन्छ । त्यो प्रवृत्ति सर्वप्रथम चुनावको बेलादेखि नै सुरु हुन्छ । आम रूपमा थाहा भएको कुरा हो कि प्रायश: वा अधिकतर अवस्थामा चुनावमा पैसा बाँड्ने उम्मेदवारले नै बढी जित्ने गर्दछन् । जुन उम्मेदवारले भ्रष्टाचार गरेका हुँदैनन्, उनीहरूको जित्ने सम्भावना असम्भव नै नभए पनि अत्यन्त न्यून वा कम हुन्छ । त्यस प्रकारका भ्रष्ट पार्टी, नेता वा उम्मेदवारले जनतालाई नै व्यापक रूपमा भ्रष्ट पार्ने प्रयत्न गर्दछन् ।

    उनीहरूले सिद्धान्त, नीतिको आधारमा भन्दा पनि जनतालाई पैसा बाँडेर चुनाव जित्ने प्रयत्न गर्दछन् । त्यसको परिणाम यो हुन्छ कि जसले पैसा बाँडेर भोट किन्न सक्दैनन्, उनीहरूले अधिकतर अवस्थामा चुनाव हार्दछन् र भ्रष्ट वा कतिपय अवस्थामा खुङ्खार अपराधीले पनि चुनाव जित्ने गर्दछन् । जब त्यस प्रकारका मानिस संसद् वा सरकारमा जान्छन्, उनीहरूले पुन: भ्रष्टाचार गर्न थाल्दछन् । त्यसको परिणाम हुन्छ : देशको बर्बादी वा विनास ।

    कैयौँ पार्टी वा राजनीतिक नेताहरूले चुनावको बेलामा जुन भ्रष्टाचार गर्दछन्, त्यो ता उनीहरूको भ्रष्टाचारको प्रस्थान बिन्दु मात्र हो ।

    सरकारमा गएपछि उनीहरूले राष्ट्रिय हितमा नै ठुलो पैमानाको भ्रष्टाचार गर्न थाल्दछन् । उनीहरूले कालाबजारिया, तस्कर, माफियाग्रुप, भ्रष्ट ठेकेदार आदिसित ठुला ठुला सौदाबाजी गर्दछन् । उनीहरूले विदेशी कम्पनीसँग पनि करोडौँ अरबौँ रुपैयाँ घुस लिएर राष्ट्रघाती प्रकारका सम्झौता गर्दछन् । बताइरहनुपर्ने आवश्यकता छैन, राजनीतिक वृत्तमा देखा पर्ने त्यस प्रकारको भ्रष्टाचारको कारणले देशको विकास मात्र होइन, देशको राष्ट्रियता र सार्वभौमिकतामा समेत नराम्रो आँच पुग्दछ ।

    राजनीतिक पार्टी वा नेताहरूको राष्ट्रिय चरित्रमा भएको ह्रासको परिणाम यो हुन्छ कि उनीहरू विदेशी साम्राज्यवादी शक्तिका लागि पनि बिकाउ माल (कमोडिटी) हुन्छन् । साम्राज्यवादी शक्ति वा विदेशी कम्पनीले त्यस प्रकारका पार्टी वा नेतालाई बिकाउ माल नै ठान्दछन र उनीहरूले यो सोच्दछन् कि केही पैसा खर्च गरेर उनीहरूलाई सजिलैसित किन्न सकिन्छ । उनीहरूले यो पनि बुझेका हुन्छन् कि नेपालका राजनीतिक पार्टी वा नेताहरूले जनताको ठुलो सङ्ख्यालाई भ्रष्ट बनाएको हुनाले उनीहरूले आफ्नो योजनाअनुसार पार्टी वा नेता बनाएर जनताका बिचमा पठाएर उनीहरूलाई धेरै भोट दिलाउन सक्दछन् । त्यसरी स्वयम् नै संसद् वा सरकारमा समेत कब्जा गर्न सक्दछन् । त्यसरी विदेशी शक्तिले नेपालमाथि जुन हस्तक्षेप र आक्रमण गर्ने काम गरिरहेका छन्, नेपालका राजनीतिक पार्टीलाई विभिन्न प्रकारका राष्ट्रघाती सन्धि वा सम्झौताका लागि तयार पार्न सफल भइरहेका छन्, त्यसका लागि खालि साम्राज्यवादी शक्तिलाई मात्र दोष दिएर पुग्दैन । त्यसका पछाडि ती पार्टी वा नेता पनि जिम्मेवार छन्, जो केही पैसाका लागि आफूलाई बिकाउ मालका रूपमा विदशी शक्तिका अगाडि आफूलाई बेच्न तयार हुन्छन् वा अर्काे शब्दमा भन्ने हो भने देशको राष्ट्रियता, सार्वभौमिकता, प्राकृतिक श्रोत, उद्योग र कृषिसमेतको व्यापार गर्नको लागि दुकान थापेर बसेका हुन्छन् ।

    माथि जे भनियो, त्यसको अर्थ—माथि कर्मचारीको सन्दर्भमा भनिए जस्तै—सबै पार्टी वा नेता त्यसरी बिकाउ हुन्छन् भन्ने होइन । देशमा यस्ता राजनीतिक नेता वा कार्यकर्ताको ठुलो पङ्क्ति छ, जसले देश र जनताका लागि लगातार र लामो समयदेखि सङ्घर्ष वा त्याग र बलिदान गर्दै आएका छन् । त्यस्ता पार्टी वा राजनीतिक कार्यकर्ताकै भूमिकाको परिणाम हो कि देश राणाशासनबाट धेरै नै अगाडि आउन सकेको छ अन्यथा आज पनि देश राणाशाही वा पञ्चायती तानाशाही शासनको क्रुर र दमनकारी पन्जामा जकडिरहेको हुन्थ्यो ।

    जसले अझै पनि देशमा भएका महान् परिवर्तनलाई पचाउन सकेका छैनन् र पुरानो प्रकारको प्रतिगामी व्यवस्थाको पुनस्र्थापना गर्न चाहान्छन्, उनीहरूले नै केही नकारात्मक उदाहरणलाई अगाडि सारेर दलीय व्यवस्थालाई नै सम्पूर्ण रूपले निषेध गर्न चाहन्छन् । उनीहरूले यो कुरा राम्ररी बुझेका छन् कि संसारमा जे जति पनि महान् परिवर्तन भएका छन्, ती राजनीतिक पार्टीका कारणले नै भएका हुन् र नेपालमा पनि प्रतिगामी व्यवस्थाको पुनरागमन र स्थायित्वका लागि राजनीतिक पार्टीलाई समाप्त गर्नुपर्ने आवश्यकता छ । निश्चय नै यो उनीहरूको आवश्यकता हो, देश र जनताको होइन । देश र जनताको आवश्यकता राजनीतिक पार्टीका नीति र क्रियाकलापमा वा दलीय व्यवस्थामा भएका कमजोरीलाई साफ गर्दै अरू उच्च स्तरका अग्रगामी परिवर्तन ल्याउनु हो ।

    आज हामीले राष्ट्रिय चरित्रमा भएको ह्रासको जुन कुरा उठाइरहेका छौँ, त्यो खालि प्रशासन वा राजनीतिक तहमा मात्र छैन । समाजका अन्य क्षेत्रमा पनि देश र जनताको हितमा ध्यान नदिने, देशप्रतिको भावनाबाट हटेर व्यक्तिगत स्वार्थ साधनातिर मात्र ध्यान केन्द्रित गर्ने प्रवृत्ति प्रशस्त वा अत्यधिक रूपमा पाइन्छन् ।

    देशको ठुलो प्रबुद्ध समूह वा नयाँ पिढीमा समेत राष्ट्रिय चरित्रको अत्यन्त ह्रास भएको पाइन्छ । त्यसैको परिणाम हो कि उनीहरूमा देश, देशको राष्ट्रियता र सार्वभौमिकता वा देशको विकासबारे बढी चिन्ता गर्नेभन्दा पनि व्यक्तिगत जीवन, व्यक्तिगत स्वार्थ वा आफ्नो भविष्यको नै आम रूपमा बढी चिन्ता गर्ने प्रवृत्ति पाइन्छ । यो अत्यन्त दुषित र खतरनाक प्रवृत्ति हो । सबै आन्दोलनको प्रस्थानबिन्दु त्यही बिन्दु नै हुनुपर्दछ अर्थात् देश र जनताप्रतिको जिम्मेवारपूर्ण चिन्तन । त्यही नै राष्ट्रिय चरित्रको आधारभूत विशेषता हो ।

    देशको भविष्य नयाँ पिँढीमाथि नै निर्भर हुन्छ । खास गरेर स्कुल, क्याम्पस वा विश्वविद्यालयबाट तयार भएर आउने शिक्षित वर्गले नै देशको उज्ज्वल भविष्यको निर्माण गर्न सक्दछन् । उनीहरूले त्यो कार्य दुई प्रकारले पूरा गर्न सक्दछन् : प्रथम– देशको विकासका लागि नयाँ र उच्च प्रकारको पूर्वाधारको लागि उच्च शिक्षाद्वारा प्राप्त आफ्नो कुशलता वा क्षमतालाई प्रयोग गरेर; द्वितीय– समाजमा व्याप्त सबै अन्याय, गलत नीति विरुद्ध सङ्घर्ष गरेर । त्यसरी नै देशको राजनीति, प्रशासन वा सम्पूर्ण देशको उच्च विकास हुन सक्दछ तर नयाँ पिँढीबाट त्यसको सम्भावना पनि कम हुँदै गएको देखिन्छ ।

    प्रथमत: नयाँ शिक्षित समुदायले आफ्नो देशभन्दा बढी विदेशमा गएर नै आफ्नो व्यक्तिगत जीवनलाई माथि उठाउने कुरालाई बढी प्राथमिकता दिएको देखिन्छ । अध्ययन वा तालिमका लागि विदेश जाने कुरालाई गलत भन्न सकिन्न तर उच्च शिक्षा वा तालिम प्राप्त गरेपछि फर्केर आएर देशको विकासको लागि काम गर्ने दृष्टिकोण कम हुँदै गएको पाइन्छ । द्वितीय– विदेशबाट उच्च शिक्षा वा तालिम प्राप्त गरेर जो देशमा फर्कन्छन्, उनीहरूले पनि देशमा विद्यमान गलत व्यवस्था वा कार्यप्रणाली, जसले या जसको कारणले देशको विकास अवरुद्ध भएको छ, लाई बदलेर देशको वास्तविक विकासका लागि आधार तयार पार्नेभन्दा पनि त्यही व्यवस्थाको मातहतमा व्यक्तिगत फाइदा उठाउनेतिर नै उनीहरूको बढी ध्यान गएको पाइन्छ । नयाँ पिँढीको त्यस प्रकारको दृष्टिकोणमा सुधार भएर नै देशको सही र दिगो विकास हुन सक्ने छ ।

    कुनै पनि देशको विकास अन्धाधुन्द प्रकारले अगाडि बढ्न सक्दैन । त्यसको लागि एउटा सही सिद्धान्त, दर्शन वा राजनीतिक लाइनको आवश्यकता पर्दछ । संसारभरको अनुभवले त्यही कुरा बताउँछ । त्यसको आधारमा नै संसारका विभिन्न देशमा विभिन्न प्रतिक्रियावादी व्यवस्था रहँदै आएका छन् र ती देशहरू विकासको उच्च चरणमा पुग्ने गरेका छन् । नेपालमा अहिलेसम्म जे जति अग्रगामी परिवर्तन भएका छन, ती पनि विभिन्न दार्शनिक वा राजनीतिक सिद्धान्तमाथि आधारित राजनीतिक पार्टी वा आन्दोलनका कारणले नै सम्पन्न भएका हुन् । त्यही कुरा भविष्यका लागि पनि सत्य हो तर अहिले देशमा दार्शनिक वा राजनीतिक सिद्धान्त वा त्यसका आधारमा सञ्चालित राजनीतिक पार्टी वा आन्दोलनसमेतलाई निषेध गर्ने लहर पनि निकै बढ्दै गइरहेको छ तर त्यसले देशका प्रतिक्रियावादी वा साम्राज्यवादी शक्ति वा अधिनायकवादी व्यवस्थालाई नै मदत पुर्‍याउने छ । त्यसकारण सही दार्शनिक सिद्धान्तमाथि आधारित राजनीतिक चेतना वा राजनीतिक पार्टीको नेतृत्वमा देशलाई अग्रगामी दिशामा अगाडि बढाउने कुरामा नै हाम्रो जोड हुनुपर्दछ ।

    देशको विकासको लागि त्यही नै एक मात्र निर्णायात्मक शर्त वा विकल्प हो ।

    (‘मसाल’ अङ्क ८१ बाट)

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.