काठमाडौँ । उन्निसौँ एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने नेपाली राष्ट्रिय कराते टोलीका व्यवस्थापक तथा नेपाल कराते महासङ्घका सल्लाहकार निवास गोपाल वैद्यले घोषणा गरेका छन् ।
Advertisement
सङ्घका सल्लाहकार वैद्यले एसियन गेम्समा स्वर्णपदक जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
त्यस्तै, रजत पदक जित्ने खेलाडीलाई दुई तथा कास्य पदक जित्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
यसैबिच, वैद्यले एसियन गेम्सको तयारीमा रहेका ‘बी’ टिमका खेलाडीलाई ट्रयाकसुटसमेत दिएका छन् । वैद्यले बी टोलीका चार खेलाडी र चार जना अफिसियल गरी आठ जनालाई ट्रयाकसुट दिएका हुन् ।
बैद्यले एसियन गेम्सबाट आउने भत्ताबापतको रकम पनि खेलाडीका लागि नै खर्च गर्ने बताएका छन् ।