रितु केसी
संसार बदल्ने ती तिम्रा सोचाइहरु
समाज बदल्ने ती तिम्रा साहसहरु
जञ्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोटहरु
यो समाजको परिवन्दनले पर्दा भित्र दबाई राख्दा पनि
फलामे सिक्रीहरु तोडेर
कुरीतिहरु फाल्न अगाडि बढ्ने तिम्रा दम्य आँटहरु
तिमिलाई सलाम
तिमी सृजना हौ
तिमी सृस्टी हौ
तिमी ममता हौ
तिमी साहस हौ
तिमी हिम्मत हौ
तिमी बिद्रोह हौ
संविधानको एक थान लिखित अधिकार
केही बुँदा हकहरु
कागतमा सिमित स्वतन्त्रता
के हामीले खोजेको स्वतन्त्रता यही मात्र हो त ?
यो समाजका तमाम बिकृत कुसंस्कारहरुलाई उखेल्न
उचोनीचो, छुवाछुत, धनी गरीबको खाडल पुर्न
अब त जाग्नु पर्छ
अब त सचेत हुनै पर्छ
अब त एकजूट हुनै पर्छ
किनकी
तिमी बिना कुनै सृजना हुन्न
तिमी बिना कुनै परिवर्तन हुन्न
तिमी बिना कुनै क्रान्ति हुन्न
तिमी नै परिवर्तनको बाहाक हौ
तिमी सब थोक हौ
तिमी महान हौ नारि
तिमी क्रान्तिको ज्वाला हौ
तिमी सब थोक हौ ।
यो पनिः विकल्प देऊ