• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

विकल्प देऊ


  •   बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
  • ऋतु केसी

    Advertisement

    एकाबिहानै राष्ट्रिय छापामा
    ठुलाठुला अक्षरमा समाचार छापियो–
    ३० दिनमा ७० अर्ब रेमिट्यान्स भित्रियो
    तर खोजिहेरेँ कहीँ कतै भेटिनँ ती छापामा
    त्यो ७० अर्ब पठाउनको पीडाब्यथा,बाध्यता
    अनि थकान

    चाडबाडनजिकैभित्रिएको त्यो रेमिट्यान्सभित्र
    पीडाले मनमुटु अमिलो भयो नराम्रोसँग
    वर्षौवर्षसम्म आफ्नो देश फर्कन नपाएर
    विदेशमै चाडबाड मान्न बाध्य लाखौँ अनुहारको
    छटपटी सम्झेँ

    ती परदेशी छोराछोरीलाई एक थोपा टिका र जमरा
    लगाइदिने मनको धोको वर्षौदेखि मनमा पालेर
    दोबाटो हेर्दै आशु बगाउने लाखौ बुबाआमाको पीडा सम्झेँ
    यो दशैँमा त जसरी पनि आउनुस् है भन्दै प्रियसीले गरेको
    अनुरोधलाई मनमै दबाएर साहुकै मेलामा
    जोतिएका लाखौँ युवाको बाध्यता सम्झेँ
    यो पालि पनि एक्लै माइत जानुपर्ने बाध्यताले
    रन्थनिएकी प्रियाको नुनिलो आशु झार्दैको
    निर्दोष अनुहार सम्झेँ

    बाबाआमाले ल्याइदिएको नानाचाचा लगाउँदै
    टोलभरि मख्ख पर्दै उफ्रीउफ्री कुद्ने रहर
    त्यो बालमस्तिष्कमा परेको बज्रपात सम्झेँ
    अहँ दशैँ आएजस्तो लागेन मलाई
    कुनै उमङ्गले छोएन मलाई

    ए परदेसी दाजुभाइ दिदिबहिनी
    न आयो तिमीलाइ दशैँतिहार
    न आयो तिमीलाई रमाइलो चाडबाड
    न छोयो तिमीलाई त्यो प्रजातन्त्रले
    न छोयो तिमीलाइ यो गणतन्त्रले
    तिमीलाई त सतायो सधैँ दुईछाक टार्ने
    र, एकसरो फेर्ने पिरलोले

    ए सत्ताधारी
    अब त केही गर
    अब त ब्युँझ
    ती युवा शक्तिलाई फर्काउने अठोट गर
    कति सधैँ रेमिट्न्सका समाचारले मख्ख पर्छौ ?
    ब्यँझिएकै बेला पनि कति कुम्भकर्णजस्तो गर्छौ?
    अब त विकल्प देऊ
    आफ्नै देशमा बाच्ने
    देशमै पसिना साट्ने
    यहीदेशमै रमाउने वातावरण देऊ
    ती लाखौँलाख परदेशिएका आफ्नालाई
    यहि देशमा फर्कने विकल्प देऊ
    रेमिट्यान्सले देश त चल्ला
    टुटेका मन जोडिने छैनन्
    त्यसैले यहीँ केही गर्ने उपाय देऊ
    ए सत्ताका हिमायती
    अब त केही गर
    अब त विकल्प देऊ ।

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.