• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले विधेयक ल्यायो : राजमो


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” अगाडि बढाएको बताएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० साउन ४ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो धारणा व्यक्त गरेको हो ।
    वक्तव्यमा राजमोले उक्त विधेयक विश्वव्यापी कानुन र सर्वोच्च अदालतका गत कालका नजिरसमेतको विरुद्ध रहेको बताउँदै त्यसको खारेजीको माग गरिएको छ ।

    सरकारले अगाडि बढाएको सो विधेयक पारित भएमा राजनीतिक अपराधीले उन्मुक्ति पाउने, फलस्वरूप जनतामा असन्तुष्टि बढ्न जाँदा प्रतिगामीलाई मदत पुग्ने धारणासमेत व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “सरकारले संसदमा प्रस्तुत गरेको “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” को दफा ६४ प्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ । दफा ६४ नेपालको संविधान, कानुनको अगाडि सबै नागरिक समान हुन्छन् भन्ने विश्वव्यापी सिद्धान्त, सर्वोच्चका विगतका नजिरका विरुद्ध रहेकाले यसको खारेजीमा जोड दिन्छौँ ।

    केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० को दफा ६४ मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ११६ सँग सम्बन्धित रहेको छ । विगतका सरकारले पनि यो दफालाई संशोधन गरेर विभिन्न अपराधमा जेलसजाय काटिरहेका आफू निकट पार्टीका नेताकार्यकर्तालाई उन्मुक्ति दिनका लागि प्रयास गरिरहेका थिए । अहिले आएर मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ११६ लाई संशोधन गर्ने प्रस्ताव षड्यन्त्रमूलक ढङ्गबाट संसद्मा अगाडि बढाइएको छ । दफा ११६ मा प्रस्तावित संशोधन फौजदारी न्यायको सिद्धान्त विपरीत हुनुका साथै राजनीतिक अपराधीलाई उन्मुक्ति दिने दूरासयले प्रेरित रहेको छ ।

    विभिन्न तहका अदालतले सजायका दायरामा ल्याएका अपराधीलाई राजनीतिक संरक्षण दिएर उन्मुक्ति दिने प्रक्रिया तीव्र ढङ्गबाट अगाडि बढाएर प्रत्येक सरकारले सुशासनको धज्जी उडाउँदै आएका छन् । यहाँसम्म कि गम्भीर प्रकारको नरसंहार जस्तो अपराधिक कार्यमा संलग्न रेशम चौधरीलाई दिइएको उन्मुक्ति त्यसको ताजा उदाहरण हो ।

    विभिन्न प्रकारका अपराधलाई राजनीतिक आवरण दिएर संरक्षण गर्ने कार्यले अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढेको छ । त्यसबाट देशमा दण्डहीनता गम्भीर रूपमा बढिरहेको स्थितिमा सरकारले अगाडि बढाएको विधेयकले कानुनी राज्यको धज्जी उडाउनुका साथै विद्यमान प्रणालीप्रति समेत जनतामा असन्तोष पैदा हुने र त्यसबाट प्रतिगामीलाई नै फाइदा पुग्ने भएकाले संसद्मा प्रस्तुत “नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” को खारेजीमा हाम्रो पार्टीले जोड दिन्छ ।”

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.