प्युठान । प्युठानका नौ वटै स्थानीय तहमा संगठनात्मक अभियान उत्साहका साथ अगाडि बढिरहेको छ । अभियान अन्तर्गत एकै पालिकामा चार हजार भन्दा बढी सदस्यता वितरण गरिएको राजमो प्युठानले जनाएको छ । प्युठानमा राजमो पूर्व महासचिव हरि आचार्य, केन्द्रीय सदस्यहरु बोम बहादुर खत्री, कृष्ण खड्का, वाशु पोखरेल, नेता आनन्द शर्मालगायत नेताहरुको अगुवाईमा संगठन निर्माण अभियान सञ्चालन गरिएको नेता खत्रीले जानकारी दिनुभएको छ ।
जिल्लाका नौवटै तहमा नौ वटा मूल टोली र वडाहरुमा पनि बेग्लाबेग्लै टोली निर्माण गरेर सदस्यता वितरण, समिति गठन, प्रशिक्षण लगायतका गतिविधि चलिरहेको उहाँले जानकारी दिनुभयो । त्यस क्रममा एउटै गाउँपालिका झिम्रुकमा मात्रै हालसम्म चार हजार सदस्यता वितरण गरिएको छ । झिम्रुकमा कम्तिमा सात हजार सदस्यता वितरण गर्ने राजमो प्युठानको लक्ष्य छ ।
जिल्लाको दुईवटा नगरपालिका र सातवटा गाउँपालिका सबैतिर अभियान जारी छ । प्युठान नगरपालिकामा सञ्चालित अभियानको नेतृत्व ध्रुव थापा र गोपाल गिरिले गर्नुभएको छ । स्वर्गद्वारी नगरपालिकामा इमानसिंह खड्काले नेतृत्व गर्नुभएको छ, जहाँ मिनराज राना, गिरबहादुर गुरुङ लगायतका नेताहरु सहभागि हुनुहुन्छ ।
यस्तै, माण्डवी गाउँपालिकामा विरबहादुर पुन, नौबहिनीमा राम पहाडी, ऐरावतीमा केशव आचार्य, सरुमारानीमा कुलदिप जिसी र नवराज राना, झिम्रुकमा तिलक जिसी र नारायण जिसी, मल्लरानीमा कृष्ण खड्का, तथा गौमुखिमा ज्ञामुराम न्यौपानेले अभियानको नेतृत्व गर्नुभएको छ ।
प्युठानमा नेकपा र नेपाली कांग्रेसलगायतका अन्य दलहरु परित्याग गरी दर्जनौं व्यक्तिहरु राजमोमा प्रवेश गरेका छन ।
नेता शर्माको आग्रहः देश बलियो बनाउन राजमोलाई साथ दिनुहोस्
प्युठानमा राजमोले तय गर्यो संगठन विस्तारको खाका