सिराहा बजार । इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
Advertisement
असइ भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भदैसवारले उजुरी निवेदन दर्ता गर्न सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनी विरुद्ध कैद र विगोबमोजिम जरिवाना हुन मागदावी लिई आज २०८० असार ५ गते मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।