काठमाडौँ । काठमाडौँभित्र बाट उपत्यकाबाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्र बाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउन्टर थप भएका छन् ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि २०८० असार १ गतेदेखि नयाँ बसपार्कभित्र बाट लामो, मध्यम तथा छोटो दुरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउन्टर थपिएको हो ।
माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउन्टरको व्यवस्था गरिएको छ ।
यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउन्टर थपिएको हो ।
काठमाडौँ महानगरपालिकाले असार १ गते शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउन्टरसमेत हटाएको थियो ।