दैलेखबजार । सङ्घीयता, भ्रष्टाचार र नागरिकता विधेयकको विरुद्धमा राष्ट्रिय जनमोर्चा दैलेखले सभा सम्पन्न गरेको छ ।
दैलेखको भगवतिमाई गाउँपालिका–६ चिपिनमा २०८० जेठ २७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै राजमो कर्णाली प्रदेश समितिका सदस्य नरबहादुर सिंहले सङ्घीयता, भ्रष्टाचार, महङ्गी र नागरिकता विधेयकलगायतका विषयमा आफ्नो दलले लगातार सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
‘मुख्यत: भ्रष्टाचार देशको आन्तरिक प्रगति रोकिएको छ’ उहाँले भन्नुभयो– ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्याउनुपर्दछ । त्यसमा सम्झौता नहोस् ।’
उहाँले सङ्घीयता र नागरिकता विधेयकले राष्ट्रियतामाथि आँच पुर्याउने भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रिन आम जनतासित अपिल गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले जिल्ला निर्वाचन खारेज गर्ने सरकारको प्रस्ताव गलत भएको पनि बताउनुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।