काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
Advertisement
शुक्रबार बसेको बैठकले समानुपातिक सांसद सोनु मुर्मर र बिनिता सिंहलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
ती सांसदले अनुशासन उल्लंघन गरेको विषय उठेपछि कारबाही लागि सिफारिस गरिएको एक नेताले जानकारी दिए।
उनका अनुसार अब बस्ने संसदीय दलको बैठकले उनीहरुलाई हटाएको चिठी संसद सचिवालयमा पठाउने छ ।
मोरङका मुर्मर र सिरहाका सिंह दुवै जना समानुपातिक सांसद हुन् ।