• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पशु बिरामी भएमा तत्काल खबर गर्न आग्रह


  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • ढोरपाटन । पछिल्लो समय पशुमा देखिएको सङ्क्रमक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् ।

    Advertisement

    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो ।

    आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उहाँले निर्देशनसमेत दिएको बताउनुभयो ।

    सङ्क्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ ।

    सापकोटाका अनुसार झण्डै चार सय पशु सङ्क्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको केन्द्र प्रमुख डा सापकोटाले जानकारी दिनुभयो ।

    एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उहाँले प्राविधिकलाई आग्रह गर्नुभएको हो ।

    होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो स¬ङ्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको सङ्क्रमण क्रमश: बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ वर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग सङ्क्रमक भएर फैलिएको सापकोटाले जानकारी गराउनुभयो ।

    जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्को पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उहाँले बताउनुभयो ।

    यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशतसम्म दूध घटाएको र बढाउन नसकिने अवस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताउनुभयो । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।

    अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताउनुभयो ।

    कतिपय पालिकाले खोपकालागि रकमसमेत सङ्कलन गरेको तर चाहे जति खोप नपाएको गुनासोसमेत गर्नुभएको थियो । नेपालमै अहिले यो रोगविरुद्धको खोप अभाव भएकाले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानको लागि पशु र जमिननै सबै सम्पत्ति भएकाले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आम नागरिकलाई यो रोगबारे जानकारीसमेत दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भीर भएको बताउनुभयो ।
    गण्डकीका समन्वय प्रमुखको बैठक ढोरपाटनमा

    जिल्ला समन्वय समिति बागलुङको आयोजनामा गण्डकी प्रदेशका सबै समन्वय समितिका पदाधिकारीको संयुक्त बैठक ढोरपाटनमा सम्पन्न भएको छ ।

    बैठकले पर्यटकीय क्षेत्र ढोरपाटनको प्रचारमा जोड दिएको बागलुङका प्रमुख अमर थापाले जानकारी दिनुभयो । उक्त भेलाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजना छिटो निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । हामीले बागलुङतर्फबाटै जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न पहल गरेका छौ, थापाले भन्नुभयो, यो सम्भव पनि छ । राज्यको ध्यानाकर्षण गरेर आगामी बजेटमा प्राथमिकता दिन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

    दशकअघि सर्भेक्षण भएर बागलुङतर्फ नै आयोजना निर्माण गर्ने तयारी भएपनि राजनीतिक र क्षेत्रीय किचलोका कारण काम रोकिएको थियो । उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजना निर्माण गर्नसकेमा बागलुङमै आठ सय ७२ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेछ ।

    त्यस्तै भेलाले जिल्ला समन्वय समितिले काम गर्ने केही क्षेत्रमा कानुन अभाव भएकाले गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले छिटो कानुन निर्माण गर्नुपर्ने माग पनि गरेको बताइएको छ । भेलामा पुगेका अधिकांशले ढोरपाटनको पर्यटकीय महत्वबारे बुझे पनि अझै सडक सञ्जाल निर्माणमा ढिलाइ भएको बारे चासो राखेका थिए । सालझण्डी ढोरपाटन सडक आयोजनाले यहाँ काम गरे पनि पूरा भएको छैन । बर्षातमा अझै पनि ढोरपाटन जान आउन सास्ति छ । सडक कालोपत्रे भएमा ढोरपाटनमा पर्यटक बढाउन सकिने प्रमुख थापाले जानकारी दिनुभयो ।

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.