• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

एमसीसी प्रमुखको नेपालमा दौडधुप अश्वाभाविकः केसी (भिडियो)

"सीमा अतिक्रमण र एमसिसी विरुद्ध नौदलको विरोध प्रदर्शन "

  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ नेकपाले एमसिसीसम्बन्धी अध्ययन गर्न बनाएको कार्यदल देखाउनका लागि मात्र भएको बताउनुभएको छ । ‘प्रधानमन्त्रीले भनेकै छन्, कार्यदलको रिपोर्ट जे आए पनि एमसिसी पारित हुन्छ’ राजमो अध्यक्ष केसीले भन्नुभयो– ‘त्यसको अर्थ यो हो, त्यो कार्यदल देखाउनका लागि मात्र हो ।’

    Advertisement

    नौ राजनीतिक दलको आयोजनामा २०७६ फागुन ८ गते नयाँबानेश्वर चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै केसीले भन्नुभयो– ‘हद त यो भयो, नेकपाले कार्यदल गठन गरेपछि एमसिसीका प्रमुख आएर कार्यदलका प्रमुखसित भेटघाट गरेका छन् । यस्तो गर्न पाइन्छ ?’ उहाँले एमसिसी प्रमुखले कार्यदलका प्रमुख झलनाथ खनाल, नेकपा नेता माधवकुमार नेपाललगायतलाई भेटेपछि कार्यदलको रिपोर्टसमेत प्रभावित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यस्तो भेटघाट हुनु अस्वाभाविक भएको बताउनुभयो । ‘सरकार जसरी पनि एमसिसी पारित गर्ने ध्याउन्नामा छ, तर एमसिसी पारित भए पनि हामीले त्यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न दिनुहुन्न’ अध्यक्ष केसीले जनताको देशभक्तिपूर्ण खबरदारीलाई उचाइमा उठाउन यसखालको आन्दोलनको धेरै नै महत्त्व रहेको बताउनुभयो ।

    सीमा अतिक्रमणको विषयमा सम्बोधन गर्दै उहाँले तीनवटा भक्तपुरको क्षेत्रफलबराबर भूमि भारतले आफ्नो नक्सामा देखाइसक्दा पनि सरकारको तदारुकता नदेखिनु चिन्ताको विषय बताउनुभयो । ‘भारतको जीहजुरी गरेर भए पनि सरकार सत्ता बचाउने तरखरमा छ’ उहाँले अगाडि भन्नुभयो– ‘सरकारले सत्ताका लागि राष्ट्रियताको विषयमा सौदाबाजी गरेजस्तो देखिन्छ ।’ उहाँले गतकालका गैरकम्युनिस्ट सरकारले राष्ट्रियता, सार्वभौमिकता र भू अखण्डताको सवालमा गल्ती गरेकोमा आन्दोलन गर्ने तिनै वामपन्थी नेतृत्वको सरकारले यसखालको कमजोरी गर्नु चिन्ताको विषय भएको बताउनुभयो ।

    विरोधसभामा सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले वर्तमान वामपन्थी सरकारको भूमिका कमजोर रहेको बताउनुभयो । ‘साम्राज्यवादीहरूले त आफ्नो देशको राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेकै हुन्छन्’ प्रवक्ता पुरीले भन्नुभयो– ‘यो सरकारले आफूलाई वामपन्थीको सरकार बताउँछ, तर राष्ट्रियता, सावैभौमिकता र भू अखण्डता रक्षाको सवाललाई प्राथमिकता दिन्न ।’ अहिले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद दुवैले नेपाली राष्ट्रिय सार्वभौमिकता विरुद्ध हमला गरेकाले देशभक्त नेपाली जनता एकगठ भएर मैदानमा उत्रनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिलेसम्म एमसिसीलाई पारित हुनबाट सडक आन्दोलनले नै रोकेको दावी गर्नुभयो । ‘मेरो सत्तारूढ दलका साथीहरूसित लगातार कुरा भइरहेको छ’ उहाँले आफूसितको कुराकानी सुनाउनुभयो– ‘उहाँहरू भन्नुहुन्छ, सडक आन्दोलनकै उर्जाले हामी पार्टीभित्र आवाज बुलन्द गरिरहेका छौँ ।’ उहाँले एमसिसीलाई लिएर सिङ्गो देश नै धु्रवीकरण भएको बताउँदै नेपाली सेनाका जर्नेलले समेत एमसिसीको विरुद्धमा अभिव्यक्ति दिनुले एउटा दृष्य देखाइरहेको बताउनुभयो । आन्दोलन सफल हुँदैन भनेर निराश नहुन आग्रह गर्दै उहाँले गुठीसम्बन्धी आन्दोलनले यसबारे शिक्षा दिएको बताउनुभयो ।

    नेकपा (माले) का महासचिव सिपी मैनालीले नेपाल सरकारले नक्सासम्म सार्वजनिक गर्न नसक्नुका पछाडि निहित स्वार्थ रहेको हुन सक्ने बताउनुभयो । नौदलको प्रतिनिधि मण्डलसितको कुराकानीमा प्रधानमन्त्री ओलीले भूमि नै फिर्ता गर्ने कुरा छ, नक्सा कुन ठुलो कुरा भयो भनेको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो– ‘तर अहिलेसम्म नक्सा सार्वजनिक गर्न नसक्नुका पछाडि कतै प्रधानमन्त्रीले यसबारे अर्को कुनै सम्झौता गर्न चाहेको त होइन भन्ने आशङ्का जन्मिन्छ ।’

    नेकपाका नेता लोकनारायण सुवेदीले सम्बोधन गर्दै नेपाल सरकारले तुरुन्तै भारतसित उच्चस्तरीय वार्ता गर्नुपर्ने बताउनुभयो । ‘तर वार्ताभन्दा अघि भारतीय सेना अतिक्रमित भूमिबाट हट्नुपर्दछ’ उहाँले थप्नुभयो ।

    राष्ट्रिय जनजागरण परिषद्का सचिव हेमन्त सेढाईको सञ्चालनमा अघि बढेको उक्त विरोधसभामा नेकपा (क्रान्तिकारी–माओवादी) का स्थायी समिति सदस्य दिनेश शर्मा, नेकपा (माओवादी–केन्द्र) का तिलक थापा मगर र जनसमाजवादी पार्टीका अध्यक्ष सुभाषराज काफ्लेले सम्बोधन गर्नुभयो ।

    सभाअघि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म जुलुश प्रदर्शन गरिएको थियो । जुलुशमा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, अतिक्रमित भूमि फिर्ता गर, संयुक्त आन्दोलन जिन्दावाद, हाम्रो आन्दोलन जारी छ, लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो, सम्पूर्ण देशभक्त नेपाली एक हौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, नौ दलको एकता जिन्दावादलगायतका नारा लगाइएको थियो । विरोधसभामा सुनिता बुढाथोकीले देशभक्तिपूर्ण भावको कविता वाचन गर्नुभएको थियो ।

    कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (माले), जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जनजागरण परिषद् नेपाल, नेकपा र नेकपा (माओवादी–केन्द्र) ले गरेका थिए ।

    यो पनि पढ्नुहोस्ः

    प्रधानमन्त्रीले साम्राज्यवादका अगाडि घुँडा टेकेः प्रवक्ता पुरी (भिडियो)

    एमसीसी विरुद्ध नौ दलः सोमबार लगनखेलमा जनसंवाद

    एमसीसी विरुद्ध नौ दलः प्रधानमन्त्री र सभामुखलाई ज्ञापन बुझाइयो, अब सडक संघर्ष

    उपत्यकाका तीनै शहरमा यस्तो रह्यो एमसीसी विरुद्ध प्रदर्शन

    https://www.youtube.com/watch?v=zs3mw9i2DUI&feature=youtu.be&fbclid=IwAR2zGTUWXTWoWvuKwl6UYnbxNpQVuRmyliUhBkPbtvOUg2wSnxj3qwDMvW4

    https://www.youtube.com/watch?v=zs3mw9i2DUI&feature=youtu.be&fbclid=IwAR2zGTUWXTWoWvuKwl6UYnbxNpQVuRmyliUhBkPbtvOUg2wSnxj3qwDMvW4
    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.