काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । मट्टीतेल र डिजेलको मूल्य घटेसँगै लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा घटेको हो।
यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ।
हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो। अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ। डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन्।
हेर्नुहोस् लामो दूरीका गाडीको नयाँ भाडादरको सूची