अर्घाखाँची । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ५ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएको थियो ।
Advertisement
उक्त आगो निभाउने क्रममा पदम र उनका छिमेकी जलेर गम्भीर घाइते भएका हुन् । आगोलागीमा परि भूमिकास्थान २ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षय पिताम्बर वेल्वासे र २६ वर्षीय अस्मिता वेल्वासे घाइते भएका हुन् ।

घाइते ५ जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । आगोले पदम वेल्वासेको घर पनि जलेर नष्ट भएको छ।