दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका दाङको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पानसमा बत्ती बालेर उद्घाटन गर्दै राजनीतिमा मूल्य विघटनको शृङ्खला सुरु भएकोले यसमा गम्भीर बन्नु पर्ने बताउनु भयो । उहाँले देशको राजनीतिमा अस्थिरताका संकेतहरु झन् पछि झन् बढेको कुरा इङ्गित गर्दै देशको राजनीतिक दृस्य राम्रो नभएको कुरा बताउनु भयो ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, जिल्ला अध्यक्ष चित्र एमसी, राजमो जिल्ला सदस्य तथा पालिका इन्चार्ज दिनमणि आचार्य, जिल्ला सल्लाहकार गुणनिधी शर्मा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जिल्ला सचिव ठाकुर खनाल, अखिल नेपाल महिला संघकी पालिका अध्यक्ष उमा पन्थी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जगदीश चौधरीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
पालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा भएको सम्मेलन उपाध्यक्ष नवराज शर्माको स्वागत तथा सञ्चालन टुकमान कुँवरले गर्नु भएको थियो ।
सम्मेलनले कपिलदेव खनालको अध्यक्षतामा १७ सदस्यीय गढवा गाउँपालिका समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नवराज शर्मा, सचिवमा टुकमान कुँवर, सहसचिव भोजराज खनाल र कोषाध्यक्षमा चिन्तामणि पोख्रेल चयन हुनुभएको छ ।
सदस्यहरुमा हरि सुवेदी, गौरी खड्का, रामाधार यादव, जगदीश चौधरी, सितेन्द्र बस्नेत, ऋषिराम पन्थी, मधुसिंह जिसी, कृष्ण खड्का, सुमित्रा खनाल, दानप्रसाद घिमिरे, सूर्य नेपाली, नारायण पण्डित, चेतबहादुर कार्की तथा सल्लाहकारमा गिरिराज भट्टराई, हेमराज आचार्य, नारायणी खनाल, हेमराज पण्डित र चन्द्र पुरी रहनु भएको छ ।
