• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अमेरिकी राष्ट्रपतिको तलब मासिक ४७ हजार, रविको तलब एक लाख ?


  •   शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हाल सरदर ४७ हजार डलर पाउँछन् तर चितवन–२ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूले मासिक एक लाख डलर पाउथेँ भनी दाबी गरेपछि अमेरिकाकै नेपालीले त्यसको खण्डन गरेका छन् ।

    Advertisement

    जनआस्थाका अनुसार नेपालमा पत्रकारिता गर्दागर्दै अमेरिका पुगेका नील खड्का र अर्का पत्रकार हरि अधिकारीले आफ्नो कमाइसम्बन्धी लामिछानेको दाबी कुनै हालतमा सही नभएको बताएका हुन् ।

    ‘अमेरिकी राष्ट्रपति बाइडेनको तलब वार्षिक चार लाख डलर रहेछ । तलबबाहेक अरू सुविधाबापत् उनले वार्षिक थप एक लाख ६९ हजार डलर पाउने रहेछन् । सबै जोड्दा बाइडेनले वार्षिक ५ लाख ६९ हजार डलर पाउने रहेछन् । यो भनेको महिनाको करिब साढे ४७ हजार डलर मात्रै हो । अझ चार लाखको त कर काटिने रहेछ । अमेरिकाको वर्तमान राष्ट्रपतिले समेत तलब र अन्य सबै सुविधावापत महिनाको ५० हजार डलर कमाउँदैनन्’ खड्काले आश्चर्य व्यक्त गर्दै लेखेका छन्– ‘रवि लामिछानेले अमेरिकामा १० वर्षअघि नै महिनाको एक लाख डलर कमाउथे रे ¤?’

    खड्काले अगाडि टिप्पणी गरेका छन्– ‘यिनलाई पनि अन्ध समर्थकहरू छँदै छन्, चुनावको बेला जनतालाई जे भने पनि हुन्छ भन्ने भूत चढेछ ।’

    रवि जस्तै अमेरिकामा बसेर नेपाल फर्किएका वरिष्ठ लेखक तथा समालोचक हरि अधिकारीले पनि मासिक एक लाख डलर कमाउने लामिछानेको भाषणलाई उट्पट्याङ बताएका छन् ।

    ‘रविले जोतेको त्यो उट्पट्याङ गफ दिल र दिमाग दुबैलाई विचलित पार्ने खालको थियो’ झन्डै चार वर्ष अमेरिकामा बसेर सन् २०२१ मा नेपाल फर्किएका उनले फेसबुकमा लेखेका छन्– ‘ढिलोचाँडो यस देशको राज्यसत्ता सञ्चालन गरिछाड्छु भन्ने अठोटका साथ राजनीतिको अखाडामा उत्रिएको फूर्तिबाज व्यक्तिले सार्वजनिक रूपमै त्यस्तो सफेद झुट बोलेको सुन्नुपर्दा को पो स्तब्ध नभई रहन सक्ला र ?’

    रवि लामिछानेले अमेरिकामा मजदुरी गरेर कमाउने भनेको मासिक अधिकतम चार हजार डलर भएको दाबी गर्दै अधिकारीले अगाडि लेखेका छन्– ‘उनले धेरै दिन सबवे भनिने फास्टफुड आउटलेटमा रोटी पोको पारेका थिए । उनले त्यो काम गरिरहेका बेला उनी बसेको मेरिल्यान्ड राज्यमा प्रतिघण्टा ज्याला १० डलर थियो सायद । महिनाको ३० दिन नै दिनको ८ घण्टा काम गर्ने हो भने महिनाभरिमा सबवेमा काम गर्ने मजदुरले कमाउने भनेको २४ सय डलर हो । ओभरटाइम आदि गर्दा केही सय डलर थप हुन सक्छ ।’

    रवि यतिखेर चितवन–२ मा निर्वाचन प्रचार प्रसारमा छन् । त्यस क्रममा उनले अमेरिमा रहँदा आफ्नो तलब मासिक एक लाख डलर रहेको जस्ता भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएका छन् ।

    २०७९ मङ्सिर ४ गतेको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका रविको सांसद पद सर्वोच्च अदालतले गत माघ १३ गतेको फैसलाद्वारा खारेज भएको थियो । त्यसपछि माघ १५ गते पुन: नेपाली नागरिकता लिएका रविले तीन महिना नपुग्दै चितवनबाट उम्मेदवारी दिएका छन् तर सम्बन्धित निकायले भने रविको यस्तो गैरकानुनी कदमको रक्षा गर्दै आएको छ ।

    शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.