प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ६ मा राष्ट्रिय जनमोर्चाको समिति पुनर्गठन भएको छ। बेलबासमा भएको भेलाले वडा समिति चयन गरेको हो।
भेलाले सालिक राम पार्धेको अध्यक्षतामा १७ पूर्ण ४ वैकल्पिक गरी २१ सदस्यीय वडा समिति चयन गरेको हो । समितिमा तीनजनालाई सल्लाकार चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा मनीराम रोका, सचिव तिलक बिष्ट, सहसचिव, देवेन्द्र घर्तीमगर र कोषाध्यक्षमा जागेस्व कालाथोकी चयन हुनु भएको छ ।
सदस्यहरूमा हुनाराम घर्ती, नम प्रसाद बसेल, श्यामलाल रोका, खिमानन्द पोखरेल, गजबहादुर पुन, जितमान पुन, गनबहादुर पुन, ढून्डीराज पोखरेल, रेशमी विक, अमृता पुन, घनी जैसी, भावना बिष्ट रहनुभएको छ ।
वैकल्पिक सदस्य, तिलक पुन, टेक मानरोका, पिरम पुन, गिर बहादुर सुनार रहनुभएको छ । यस्तै, सल्लाकार सदस्यमा तिलक कालाथोकी, भोपाल सिंह बिष्ट र भुवनेश्वर पौडेल रहनु भएको छ ।
नव निर्वाचित समितिलाई गिरबहादुर गुरुङले बधाई दिनु भएको थियो । सालिकराम पार्धेको अध्यक्षता, जागेश्वर कालाथोकीको स्वागत तथा तिलक बिष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।