शिव पन्थी, प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं. ८ मा राष्ट्रिय जनमोर्चाको वडा समिति पुनर्गठन भएको छ । दहचौरमा भएको वडा भेलाले नयाँ समिति गठन गरेको हो ।
कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष ईमानसिंह खड़काले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका जिल्ला उपाध्यक्ष यप्रसाद शर्मा, राजमो नगर सदस्य मोहनलाल गोराथोकी, शिव पन्थी, जनजाति सम्मेलनका जिल्ला सचिव घनबहादुर जीएम, वडा अध्यक्ष खोप बहादुर राउतलगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले तिर्थमणि पोखरेलको अध्यक्षतामा १३ पूर्ण र २ वैकल्पिक गरी १५ सदस्यीय वडा समिति चयन गरेको छ भने चार जना सल्लाकार चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा डोमा अधिकारी, सचिव विष्णु महतारा, सहसचिव माधव अधिकारी र कोषाध्यक्षमा रुद्र अधिकारी चयन हुनुभएको छ ।
सदस्यहरूमा कर्णप्रसाद अधिकारी, टीकाराम केसी, कृष्ण अधिकारी, अम्मर बहादुर पुन, नम बहादुर गुरुङ, अनिल कुमार घर्ती मगर, हुकुम सिंह जिसी, शेरबहादुर केसी, वैकल्पिक सदस्य देवा कालाथोकी र बेगम थापा हुनुहुन्छ ।
यस्तै, सल्लाकारमा खोप बहादुर राउत, डील बहादुर पुन, धनी सुनार, हुनाराम पार्धे रहनु भएकोछ ।
नव निर्वाचित समितिलाई राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड़काले बधाई दिनु भएको थियो ।