• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

वास्तविक किसानले पाउँदैन सुविधा


  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
  • ढोरपाटन । बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् ।

    Advertisement

    विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् ।

    चैतकै पहिलो सातादेखि लेक चढ्ने र असोज महिनाको सुरुमै बेँसी झर्ने उनीहरुको परम्परा हो । बेँसीमा पर्याप्त घाँसपात नहुने हुँदा गोठाला लेकमै बस्ने गर्दछन् । लेकमा बस्दा सामान्य गोठ बनाएर किसानले घाँमपानी छेक्ने र रात बिताउने गर्छन् भने भेडाबाख्रालाई खुल्ला आकाशमुिननै राख्ने गर्छन् । जङ्गलका वन्यजन्तुले पशुचौपायालाई आक्रमण गरेर मारी दिँदा किसानले बेलाबेला लाखौँ रकम नोक्सानी पनि बेर्होर्दै आएका छन् । यता सरकारलेलाई बाली तथा पशु बीमा कार्यक्रम ल्याए पनि त्यसले उनीहरुलाई छुनसकेको छैन ।

    सौतिस वर्षदेखि भेडापाल गर्दै आउनुभएका निसीखोलाका वीरबहादुर घर्तीले अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको सुनाउनुभयो । यस क्षेत्रमा एकै परिवारमा एक सयदेखि हजारसम्म भेडाबाख्रा पालन गर्ने गरेका हुन्छन् ।

    हरेक वर्ष कृषि तथा पशुपालन किसानका जिल्लामा करोडौँका बजेट आए पनि वास्तविक किसान सेवा लिनबाट बिमुख बनेका छन् । एक हिसाबले धेरै किसानले अव्यवस्थित रुपमा पशुपालन गर्ने गरेको पाइन्छ । घर्तीले समय–समयमा भेडा बिरामी हुने गरेको सुनाउँदै वनमा पाइने बडिबटी कुटेर खुवाउने गरेको बताउनुभयो ।

    अहिलेसम्म पशु अस्पतालबाट औषधि लिएर नखुवाएको उहाँको भनाइ छ । ‘धेरै समय वन जङ्गलमै भइन्छ, हिउँ पर्दा बेँसीतिर गइन्छ, त्यसले गर्दा भेडाबाख्रा त्यति धेरै बिरामी परेका छैनन्, पहिले–पहिले बान्ता गर्ने, खोक्ने र झोक्रिने गर्थे, अहिले त्यस्तो समस्या आएको छैन,’ घर्तीले भन्नुभयो । उहाँले भेडाबाख्रा बिरामी हुँदा लेकतिर पाइने गुर्जो गानो मसिनो बनाएर खुवाउनेल गरेको बताउनुभयो । ‘१०÷१२ वर्ष पहिले होला बिरामी भएर चालिस वटा भेडाबाख्रा मरेका थिए’, उहाँले भन्नुभयो ।

    माथिल्लो क्षेत्रमा पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि आफ्नो मुख्य पेसानै पशुपालन गराएका छन् । निसीखोलाको निसी, भल्कोट, मसालगाउँ, सीप तथा ढोरपाटनको बोबाङ, तमानखोलाको तमानख, खुङ्खानी र नर्जाखानीका अधिकांश स्थानीय परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा यहाँका अधिकांश स्थानीयवासीले अरु पेसालाई प्राथमिकता दिँदैनन् ।

    स्थानीय तुलबहादुर बुढा मगरले बाउबाजेले गर्दै आएको पेसा आफूहरुले अङ्गाल्दै आएको बताउनुहुन्छ । उहाँले भेडाबाख्रा लेकमा हुँदा गोठ छेउमा राख्ने र बेँसी झर्दा बारीमा राख्ने गरेको बताउनुभयो । उहाँले भेडाबाख्रा धेरै हुने हुँदा सबैलाई गोठमा राख्न सम्भव नहुने बाउनुभयो ।

    पहिलेको तुलनामा पछिल्लो समय भेडापालक घट्दै गएको उहाँको भनाइ छ । बुढा मगरले अहिले १४ वटा गाई, दुई सय भेडाबाख्रा र सात वटा भैँसीपालन गर्दै आउनुभएको छ । अठ्ठाइस वर्षदेखि पशुपालनमा आवद्ध भएको सुनाउने बुढा मगरले अहिलेसम्म वस्तुभाउलाई कुनै पनि रोगको खोप नलगाएको बताउनुभयो ।

    ‘मान्छे बिरामी पर्दा त अस्पताल गएको छैन, अस्पतालको औषधि ल्याएर खाएको छैन, के को जनावरलाई औषधि खुवाउने ?’, उहाँले भन्नुभयो, ‘म साठी वर्ष पुग्न लागे तर अहिलेसम्म अस्पतालमा गएको छैन, भेडाबाख्रा बेलाबेलामा बिरामी भइ मर्छन तर ओखतीमूलो गरेको छैन ।’

    जिल्लामा अहिले पनि धेरै किसानलाई आधुनिक प्रविधिले छुनसकेको छैन । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका सूचना अधिकारी केशव अधिकारीले दूरदराजका किसान तथा पशुपालकलाई आधुनिक प्रविधिसँग जोड्ने गरी काम गर्ने बताउनुभयो । अहिले बर्सेनि किसानका लागि विभिन्न कार्यक्रम आइरहेको भन्दै धेरै किसानले यहाँबाट सेवा लिइरहेको अधिकारीको भनाइ छ ।

    ‘सबै पशुपालक किसानलाई समेट्ने प्रयास गरेका छौँ, भौगोलिक हिसाबले गर्दा नजिकका सेवाग्राहीले सेवा लिनुभएको छ, टाढाबाट पनि केहीले त ल्याउनु भएको छ, केही छुट्नु भएको छ‘’, उहाँले भन्नुभयो । उहाँले भेडीगोठ लेकमा हुने भएकाले समेट्न गाह्रो हुने भएपनि आफूहरुले प्रयास जारी राखेको बताउनुभयो । ‘सबैलाई समेटेर सेवालाई थप प्रभावकारी बनाउन हामीहरु निरन्तर लागि रहेका छौँ’, उहाँले भन्नुभयो । रासस

    बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.