गुल्मी । राष्ट्रिय जनमोर्चा, गुल्मीको जिल्ला सम्मेलन आगामी वैशाख २९ र ३० गते हुने भएको छ ।
सम्मेलन तयारीका लागि राजमो गुल्मीले विभिन्न पालिकामा भेला, सम्मेलन, प्रशिक्षण तथा विस्तारित बैठक गरिरहेको राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यसैक्रममा कालीगण्डकी गाउँपालिकाको विस्तारित बैठक बुधबार बसेको छ । बैठकले चैत महिनाभरी वडा सम्मेलन गरी र वैशाख १० गते गाउँपालिकाको सम्मेलन गर्ने निर्णय गरेको छ । साथै, जिल्ला सम्मेलन तयारीका लागि गाउँपालिकास्तरबाट विभिन्न गतिविधि गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
समितिका अध्यक्ष गंगाबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री, कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पूर्णबहादुर थापा, वडानम्बर ४ का वडा सदस्य अशोक पुन, वडा नम्बर ६ का वडा सदस्य हरिकला थापा र विहानी रेडियो बरेङका सञ्चालक दिपेन्द्र परियारको आतिथ्यता रहेको थियो ।
सहिदहरुप्रति एकमिनेट मौनधारण गरिएको कार्यक्रमको सञ्चालन समितिका सचिव घनश्याम ढकाल र स्वागत उपाध्यक्षय सूर्य क्षेत्रीले गर्नुभएको थियो।