• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

चितवन उपनिर्वाचनमा होमियो राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व

"मसाल महामन्त्रीद्वारा प्रशिक्षण "

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
  • कृष्ण केसी, नारायणगढ ।
    चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व होमिएको छ । राजमोले त्यस क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।

    Advertisement

    चुनावी अभियानलाई गति दिने क्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपस्थितिमा आज २०७९ चैत १८ गते शनिबार भरतपुरमा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै महामन्त्री सिंहले साम्राज्यवाद सधैँ एकै प्रकारले नआउने बताउनुभयो । अमेरिकी साम्राज्यवादको नेपाल प्रवेशको सन्दर्भमा उहाँले भन्नुभयो– ‘पहिले पहिले अमेरिकी साम्राज्यवाद भारतीय साम्राज्यवादसहित आउँथ्यो, अहिले प्रत्यक्ष रूपमै आएको छ ।’

    रवि छामिछाने नेतृत्वको कथित राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादको इन्टे«स्टमा गठन भएको बताउँदै उहाँले त्यसका विरुद्ध राजनीतिक आन्दोलनलाई अघि बढाउन राजमोको नेतृत्वमा चितवनमा उपचुनाव लडिएको बताउनुभयो ।

    महामन्त्री सिंहले चितवन उपचुनावको प्रकृति आफैमा स्थानीय भए पनि अहिले त्यसको स्वरूप राष्ट्रिय भएको तथा त्यसले सिधै नेपालको राष्ट्रियतासित सम्बन्ध राख्ने बताउनुभयो । यस अर्थमा यो चुनावलाई पार्टीले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो ।

    राजमो उपाध्यक्ष तथा उम्मेदवार जनकराज शर्माले आफूले जहिले पनि देश, जनता र क्रान्तिकारी पार्टीको हितमा काम गरिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘देश र जनताको पक्षमा काम गर्नका लागि पार्टीले मलाई जे जति जिम्मा दिएको छ, त्यसलाई पूरा गर्न म पूरै शक्तिका साथ लाग्ने गरेको छु ।’

    सिङ्गो नेपाली जनताको पक्षमा आफूले काम गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा चितवनबासी जनताको विकास, निर्माण तथा हकहित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो ।

    राजमोको चुनावी अभियान सुरु भइसकेको बताउँदै उहाँले देशको एक मात्र सही क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले जहिले पनि राजमो अप्ठ्यारोको सामना गर्न तयार रहेको बताउनुभयो । आफ्नो पार्टीले जहिले देश र जनताको हितलाई सर्वोपरि राखेको बताउँदै उहाँले चितवन उपचुनावको राष्ट्रिय महत्त्व रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हाम्रा लागि चितवन उपचुनाव अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षको एउटा मोर्चा हो । हामीले अमेरिकी साम्राज्यवादी प्रभावका विरुद्ध यहाँ चुनावमा विशेष अभियान चलाउने छौँ ।’

    कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता आनन्द शर्माले चितवनमा उच्च मनोबलका साथ काम गर्न राजमोका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    ‘चितवनको चुनाव विशुद्ध चुनावी गतिविधि मात्र नभएर अमेरिकी साम्राज्यवाद विरुद्धको एउटा आन्दोलन भएकाले नेता–कार्यकर्ताहरू त्यही रूपमा सक्रिय हुन आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।

    चुनावमा प्रतिस्पर्धा सामान्य भए पनि अरू सबैले भन्दा अमेरिकी साम्राज्यवाद विरुद्ध राजमोको भूमिका बेग्लै रहेको उहाँको भनाइ थियो ।उहाँले चुनावसम्म अमेरिकी साम्राज्यवाद विरोधी मनस्थितिका साथ जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू दीपक पाण्डे र भागिरथ भट्टराई, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष शालिकराज सापकोटा र जापान नेपाली एकता समाजका संस्थापक अध्यक्ष यमलाल सापकोटाको आतिथ्य रहेको थियो ।

    राजमो चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य डम्मर पुरीले तथा सञ्चालन अर्का केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले गर्नुभएको थियो । कार्यक्रममा राजमो नेतृ देवी शर्माले स्वागत गर्नुभएको थियो ।

    शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.