काठमाडौँ । राष्ट्रिय जनमोर्चा नवलपुरले सङ्घीयता, महङ्गी र भ्रष्टाचारको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
२०७९ चैत १३ गते सोमबार कावासोती नगरपालिका–१६ दण्डामा सो कार्यक्रममा सम्पन्न भएको हो ।
राजमो राष्ट्रिय परिषद् सदस्य चन्द्र सापकोटाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष विकाराम चौधरी र अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) महासचिव शालिकराम सापकोटाले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले सङ्घीयता खारेज गर्न अब विलम्ब गर्न नहुने बताउनुभएको थियो ।
त्यस्तै, वक्ताहरूले महङ्गी र भ्रष्टाचार अन्त गर्नका लागि जनस्तरबाट आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।