काठमाडौं । विभिन्न ६ वटा कम्युनिष्ट दल निकट ६ किसान संगठनले रासायनिक मलमा भएको मूल्यवृद्धि विरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन् ।
Advertisement
अखिल नेपाल किसान महासंघ (अप्फा) सहितका संघ संगठनहरुले ९ बुँदे माग राखेर चैत ८ गते संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरुले संयुक्त किसान संघर्ष समितिको बैठक फागुन ३० गते काठमाडौँमा बसेको बैठकले सरकारसमक्ष तत्कालीन मागहरू प्रस्तुत गरी ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएका छन् ।
साथै ती माग अविलम्ब पूरा गराउन आवश्यक परे संयुक्त संघर्ष अघि बढाउने र यही चैत्र ८ गते माइतीघर मण्डला एवम् मधेस प्रदेशमा सांकेतिक रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।