दिनेश रैदास, दाङ ।
अखिल नेपाल महिला घोराही उपमहानगर समितिले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम मनाएको छ ।
बुधबार घोराहीमा ‘महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य र सामाजिक न्यायको पक्षमा संघर्ष गरौं’ भन्ने मूल नाराका साथ श्रमिक महिला दिवस मनाएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य कृष्णा राणाले राजनीतिक, सामाजिक र आर्थिक रूपले पनि महिलाहरु समाजमा अब्बल वा सक्षम हुन आवश्यक रहेको बताउनुभयो । उहाँले महिलालाई अधिकारको व्यवस्था आयो तर अवस्था अझै नआएको बताउनु भयो।
त्यस्तै, महिला संघ दाङ जिल्ला सहसचिव उमकला खनालले महिलाहरुले जुन सम्मान समाजमा पाउनु पर्ने थियो त्यो सम्मान अझै पाउन कठिन रहेको बताउनुभयो ।
पूर्व जनप्रतिनिधि स्वर्गद्वारी नगरपालिका प्युठानकी देवा पोख्रेलले आफ्नो हकहितको निम्ति सम्पूर्ण श्रमजीवी महिलाहरु एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य सुशील पोखरेल, अखिल नेपाल किसान महासंघ दाङ जिल्ला सचिव मनिराम खनाल, जातीय समता समाजका जिल्ला सचिव बलदेव विक, सदस्य पोषण नेपाली, जिल्ला समन्वय समिति प्युठानका सदस्य खुमा अधिकारी र अखिल (छैठौं) का सचिव दिनेश रैदास लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
महिला संघ घोराही नगर अध्यक्ष हिरा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत घोराही नगर सदस्य रजनी परियार र सञ्चालन अखिल (छैंठौ) का जिल्ला कोषाध्यक्ष सुनिता आचार्य (पाण्डे) ले गर्नुभएको थियो ।
महिला संघले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।