• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भारतीय तरकारीको क्वारेन्टाइन जाँच बन्द गर्न लागेकोमा अप्फाद्वारा विरोध


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले भारतीय तरकारीमाथिको क्वारेन्टाइन जाँच बन्द गर्न लागेकोमा सरकारको सो प्रयासको निर्णयको विरोध गरेको छ ।

    Advertisement

    किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७९ फागुन १८ गते प्रकाशित प्रेसवक्तव्यमा यस्तो विरोध गरिएको हो ।

    वक्तव्यमा भारत मात्रै नभएर बङ्गलादेश, पाकिस्तान, दक्षिण कोरियालगायत सबै देशका तरकारी, फलफूलमाथि क्वारेन्टाइन जाँच बन्द गर्ने निर्णय फिर्ता लिन माग गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि तात्कालिक र दीर्घकालीन योजना बनाउन माग गरिएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “वर्तमान सरकारद्वारा भारतबाट आयात भएको तरकारी, फलफूलमाथि लगाइँदै आउको क्वारेन्टाइन जाँच बन्द गर्न लागेकोप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) घोर विरोध र भत्र्सना गर्दछ । यस निर्णयलाई फिर्ता लिई क्वारेन्टाइन व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन माग गर्दछ । भारतबाट मात्रै होइन, बङ्गलादेश, पाकिस्तान, दक्षिण कोरियालगायतका देशबाट पनि आयात भइरहेको तरकारी, फलफूलमाथि क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्दछ ।

    २०७९ पुस महिनाको भन्सार विभागबाट प्रकाशित तथ्याङ्कअनुसार यस आर्थिक वर्षको पुससम्म भारतबाट आठ अर्ब ५९ करोडको तरकारी आयात गरिएको थियो । यही समयमा नेपालमा किसानले उत्पादन गरेको तरकारीको मूल्य नपाउने र विक्री नभएर चितवनमा किसानले सडकमा आफ्ना उत्पादन फालेर सरकारको विरोध गरेका थिए । कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, विदेशबाट आयात बन्द गर्ने र मानिसको स्वास्थ्यलाई बचाउन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने दायित्वबाट सरकार पन्छिँदै आएको छ । त्यसमाथि भारतीय सरकारको ठाडो दबाबमा भारतीय फलफूल, तरकारीमाथि क्वारेन्टाइन बन्द गरिएको सूचना बाहिर आएको छ । यसरी नेपाल सरकारले विदेशी शक्तिको दबाबमा देशको शासन चलाउने जनविरोधी काम जुन गरिरहेको छ, अप्फाले त्यसको कडा विरोध गर्दछ ।

    यसरी भारतलगायत विदेशी फलफूल, तरकारीमाथि क्वारेन्टाइनको व्यवस्था बन्द गर्ने निर्णय फिर्ता लिन र क्वारेन्टाइन व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दछ । साथै कृषि उत्पादन प्रणालीलाई आत्मनिर्भर बनाउन तात्कालिक र दीर्घकालीन व्यवस्था तुरुन्त कार्यान्वयन गर्न माग गर्दछ । यदि यसलाई कार्यान्वयन गर्न अग्रसर नभएमा सम्पूर्ण किसान सङ्घर्षमा उत्रिन बाध्य हुने छ ।”

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.