• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

प्रतिगमन विरोधी दलको उम्मेदवार रामचन्द्र पौडेलप्रति राष्ट्रिय जनमोर्चाको समर्थन


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

    Advertisement

    एमालेले अहिले पनि प्रतिगमनकारी भूमिका खेलिरहेको भन्दै पार्टीले प्रतिगमन विरोधी दलका उम्मेदवारलाई राजमोले समर्थन गर्ने बताएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ फागुन १३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “२०७९ फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा नेपाली काङ्ग्रेसले राष्ट्रपतिको उम्मेदवारका रूपमा श्री रामचन्द्र पौडेललाई अगाडि सारेको छ । हाम्रो दलले नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका श्री रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

    नेकपा (एमाले) को नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा (एमाले) को नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा दुई दुईपटक संसद् भङ्ग गरेर नौ नौ महिनासम्म संसद्लाई चल्न नदिएर, जनताका आवाजलाई संसद्मा उठाउनबाट सांसदलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ । संसद् जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट एमाले पछाडि हटेको छैन । राज्यका सबै प्रमुख पदमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको छ । एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरुयोजना रहेको छ । विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानित र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ । त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनका विरुद्ध रहेका दलमध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो । त्यसैले काङ्ग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै विजय गराउनुपर्ने आवश्यकतामा हाम्रो दलले जोड दिन्छ ।”

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.