• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रपतिमा गैरएमाले उम्मेदवारको मनोनयन स्वागतयोग्य : मसाल


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रपतिको निर्वाचनमा गैरएमाले उम्मेदवारको मनोनयन हुनुलाई स्वागतयोग्य कदम बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहद्वारा २०७० फागुन १३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले राष्ट्रपतिको मनोनयनको सन्दर्भमा गैरएमाले उम्मेदवारको पक्षमा सहमति हुनुलाई स्वागत गरेको हो ।

    गैरएमाले राष्ट्रपति उम्मेदवारको सन्दर्भमा सहभागी दलमाझ पनि अन्तरविरोध भएको उल्लेख गर्दै पार्टीले आवश्यकताअनुसार एकता र सङ्घर्षसम्बन्धी द्वन्द्वात्मक नीति अपनाउने उल्लेख गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “हाम्रो पार्टीले यो कुरा बारम्बार स्पष्ट गर्दै आएको थियो कि एमालेको उम्मेदवार राष्ट्रपति बनेमा देशमा ओलीको तानाशाही शासन कायम हुने छ । त्यसैले एमालेको उम्मेदवारको सट्टा गैरएमाले पक्षको उम्मेदवार नै राष्ट्रपतिका लागि उपयुक्त हुन्छ भन्ने सोचाइमा हामीले जोड दिँदै आएका थियौँ । त्यसअनुसार हिजो बालुवाटारमा भएको संयुक्त बैठकमा राष्ट्रपतिका लागि गैरएमाले उम्मेदवारको पक्षमा सहमति भएको कुरालाई हाम्रो पार्टीले स्वागत गर्दछ ।

    सर्वोच्च अदालतले कथित स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई सांसदसमेत बाट हटाइसकेपछि पनि उनले पुन: गृहमन्त्री बन्नको लागि दौडधुप गरेका थिए । ओलीले पनि उनलाई गृहमन्त्री बनाउनका लागि पूरा शक्ति लगाएका थिए तर प्रधानमन्त्री प्रचण्डले ओली वा रवि लामिछानेको त्यस प्रकारको प्रयत्नलाई अस्वीकार गरेका थिए र उनले देखाएको त्यस प्रकारको दृढताका लागि हामीले उनलाई धन्यवाद दिएका थियौँ । त्यही प्रकारले अहिले ओलीको बारम्बारको प्रयत्नका बाबजुद प्रचण्डले ओलीको पक्षको उम्मेदवारलाई राष्ट्रपति बनाउन अस्वीकार गरेकोमा पनि हामीले उनलाई धन्यवाद दिन चाहन्छौँ ।

    प्रचण्ड ओलीसँग मिलेपछि राप्रपा र कथित स्वतन्त्र पार्टीसमेतको जुन गठबन्धन बनेको थियो, त्यसलाई हामीले गलत बताएका थियौँ र विरोध गरेका थियौँ । अहिले राष्ट्रपतिको उम्मेदवारसम्बन्धी विवादको सन्दर्भमा अहिलेको सत्तापक्षको गठबन्धनको विघटन हुने र पुरानो गठबन्धनको पुनस्र्थापना हुने सम्भावना देखा परेको छ । त्यसरी अहिलेको सत्तापक्षको गठबन्धनको विघटन भयो भने त्यो स्वागतयोग्य कुरा हुने छ ।

    अहिले राष्ट्रपतिको चुनावको पक्षमा जुन दलका बिचमा सहमति कायम भएको छ, उनीहरूमध्ये विभिन्न पक्षसित गत कालमा हाम्रा विभिन्न प्रकारका मतभेद रहँदै आएका थिए; अहिले पनि छन् र आउने दिनमा पनि नयाँ प्रकारले कैयौँ मतभेद पैदा हुन सक्ने छन् तैपनि कुनै पक्षसित जति मतभेद भए पनि तात्कालिक राजनीतिक सहमतिका आधारमा सम्भव भएसम्म सहमति कायम गर्ने संयुक्तमोर्चा वा कार्यगत एकतासम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो र गत कालमा विभिन्न राजनीतिक पक्षसँग हाम्रो पार्टीले कार्यगत एकता वा सहकार्य गर्दै आएका छौँ । निश्चय नै विभिन्न पक्षसित त्यस प्रकारको एकता गर्ने बेलामा उनीहरूसित भएका मतभेदबारे सङ्घर्ष गर्ने हाम्रो नीति रहँदै आएको छ र आउने दिनमा पनि रहने छ । हाम्रो त्यस प्रकारको नीति सङ्घर्ष र एकतालाई आवश्यकताअनुसार साथसाथै अगाडि बढाउने द्वन्द्वात्मक सिद्धान्तद्वारा निर्देशित छ र त्यसैले सही पनि छ ।

    नेकाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कुरा थाह भएको छ । त्यो निर्णयलाई हामीले पनि समर्थन गर्दछौँ र उनलाई विजय बनाउन सम्बन्धित सबै पक्षसित अपिल गर्दछौँ ।”

     

     

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.