• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्री प्रचण्डलाई केसीको आग्रह : राष्ट्रपतिको अडानबाट पछाडि नहट्नुहोस्


  •   शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग राष्ट्रपतिको सन्दर्भमा लिएको अडानबाट पछि नहट्न सुझाव दिनुभएको छ ।

    Advertisement

    शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाउँदै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढिरहेको र एमाले नेतृत्वबाटै त्यस्तो खतरा रहेको भन्दै एमालेलाई राष्ट्रपति स्वीकार नगर्न आग्रह गर्नुभयो ।

    ‘पछिल्लो समय देशमा प्रतिगमनको खतरा बढेर गएको छ । केही दिनअघि झापामा भएको जात्रा त हेर्नुभयो नि । पूर्वराजाका पुरै परिवार राखेर अभियान थालेको’ केसीले भन्नुभयो, ‘त्यसको अगुवाइ गर्ने एमाले नेता दुर्गा प्रसाईं । दृश्यमा दुर्गा प्रसाईं भएपनि त्यो केपी ओलीकै योजना हो ।’

    केसीले राजतन्त्र र हिन्दुराज्य फर्काउन सत्तामै भएको राप्रपा र भारत लागिपरेको भन्दै एमालेका कारण त्यो खतरा थप बढेर गएकाले राष्ट्रपनि कुनै पनि हालतमा एमालेलाई बनाउन नहुने बताउनुभयो ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने स्पष्ट पार्नुभयो ।

    फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र साहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएका थिए। प्रधानमन्त्रीले त्यसलाई आफूले पनि रहस्यपूर्ण घटनाका रुपमा लिएको बताउनुभयो ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले एमसीसी विकास योजनासँग जोडिएकोले पास गरेको बताउँदै त्यसपछि आएको एसपीपीलाई आफूले लडेर रोकेको दाबी पनि गर्नुभयो ।

    ‘यदी त्यो नरोकेको भए नेपाल युक्रेन बन्न सक्थ्यो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘राष्ट्रियताको सन्दर्भमा कसैसँग सम्झौता गर्दिन ।’

    यस्तै, प्रधानमन्त्रीले भारतले नेपालकै भूमि भनेर स्वीकार गरेको दार्चुलाको केही क्षेत्रमा समेत पछिल्लो समय अतिक्रमण बढाएको बताउनुभयो ।

    ‘अस्ति क्वात्रा (भारतीय विदेश सचिव विनय मोहन क्वात्रा) आउँदा मैले यसबारेमा गम्भीरतापूर्वक कुरा गरेको छु । भारतले आफ्नो भनेर दाबी गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत क्षेत्र त छँदैछ । नेपालकै भनेर स्वीकार गरेको क्षेत्रमा समेत अतिक्रमण गरेको छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसबारे विदेशसचिवले एक हप्तामा बुझेर रिपोर्ट दिन्छु भनेका छन् । अतिक्रमित भूमि फिर्ता गर्न सरकार प्रतिवद्ध छ ।’

    भेटमा राजमो नेताहरुले संघीयता र एमसीसी खारेजी गर्न आग्रह गरेका थिए । यस्तै, समसामयिक विषयमा छलफल भएको थियो ।

    • चोरी र हत्याका घटना रोक्न प्रहरीको ‘स्पेसल टास्क फोर्स’ बन्ने
    • संघीयता खारेजीको माग गर्दै राजमोले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन (तस्बिरहरू)

    शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.